Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम आयुर्वेद स्वास्थ्य केन्द्रबाट  एक वर्षमा २६ हजार बढीले लिए सेवा

आयुर्वेद स्वास्थ्य केन्द्र, रुकुम पश्चिमबाट आर्थिक वर्ष २०८२/०८३ मा २६ हजार ५ सय ७ जना सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा लिएका छन् । गत आर्थिक वर्षको साउन १ गतेदेखि असार मसान्त सम्म उक्त संख्याा सेवाग्राहीले आयुर्वेद स्वास्थ्य सेवा लिएका हुन् । २०८२ साउनदेखि २०८३ असार मसान्तसम्म १५ हजार २ सय ९४ महिला र ११ हजार २ सय १३ पुरुष गरी कुल २६ हजार ५ सय ७ जना सेवाग्राहीले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमका प्रमुख  डाक्टर महेन्द्र खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त अवधिमा सबैभन्दा बढी मूल दर्ता सेवा १० हजार १ सय ९ जना र ओपिडी सेवा ८ हजार ६ सय ५८ जनाले लिएका छन् । त्यस्तै पञ्चकर्म सेवाअन्तर्गत २ हजार ५ सय ११, योग सेवाअन्तर्गत १ हजार ४ सय १ र ज्येष्ठ नागरिक सेवाअन्तर्गत ३ हजार ६सय ४० जनाले सेवा लिएका छन् । त्यस्तै गरी नागरिक आरोग्य सेवामा ५ हजार २ सय २५, ल्याब सेवामा १ हजार १९, शल्य सेवामा २ सय ६६, स्तनपायी सेवामा ४ सय १२, गाउँघर क्लिनिकमा १ हजार २ सय २ तथा अन्य सेवामा १ हजार ४९सेवाग्राहीलाई सेवा प्रदान गरिएको डाक्टर केसीले जानकारी दिनुभयो ।  

केन्द्रले आयुर्वेद तथा वैकल्पिक चिकित्सा प्रणालीअन्तर्गत पञ्चकर्म, योग, नागरिक आरोग्यलगायतका सेवाहरू प्रवाह गरिरहेको छ । आयुर्वेदिक उपचार तथा जीवनशैलीसम्बन्धी सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update