संयुक्त रुकुम यातायात प्रालि (रुकुम श्री)ले प्रधानमन्त्री विपद् उद्धार कोषमा ५० हजार सहयोग गरेको छ । रसुवा बाढीबाट भएको क्षतिका कारण प्रभावित नागरिकहरूको सहयोगका लागि प्रालिले एक द्वार प्रणाली प्रधानमन्त्री विपद् उद्धार कोषमा ५० हजार सहयोग गरेको अध्यक्ष डम्बर थापाले जानकारी दिनुभयो ।
सिङ्गो देश शोकमा रहेको र खर्बौँको क्षति भएको अवस्थामा पीडितको घाउमा मलहम लगाउन टेवा पुगोस् भनेर राज्यको आधिकारिक संयन्त्र मार्फत सहयोग गरिएको उहाँले बताउनुभयो । बुधवार भोटेकोसीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा जनधनको ठुलो क्षति गरेको छ ।
उक्त क्षतिबाट प्रभावित भएका नागरिकहरूको सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री विपद् उद्धार कोषमा आर्थिक सहयोग गर्न आम नागरिक, निजी क्षेत्र र संघ संस्थाहरूलाई आह्वान गरेको छ ।
सोही अनुसार रुकुम पश्चिमबाट काठमाडौँसम्म सेवा दिइरहेको संयुक्त रुकुम यातायात प्रालिले उक्त कोषमा ५० हजार सहयोग गरेको अध्यक्ष थापाको भनाई छ । दुःखको यस घडीमा विभिन्न जिल्लावासीले भोगेको समस्यामा थोरै भए पनि राहत पुगोस् भनेर संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रालिका तर्फबाट सहयोग गरेको उहाँको भनाई छ ।
यसैबिच प्रतिकुल मौसमका कारण संयुक्त रुकुम पश्चिम यातायात प्रालिले आज गाडी नछुटाउने भएको छ । मुग्लिन देखि गल्छीसम्मको दुरीमा जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै यात्रुहरूको सुरक्षाका लागि आज गाडी नछुटाउने निर्णय भएको अध्यक्ष थापाको भनाई रहेको छ ।
संयुक्त रुकुम यातायात प्रालिले रुकुम पश्चिम देखि काठमाडौँ र काठमाडौँ देखि रुकुम पश्चिमका लागि स्तरीय स्लिपर एसी बस रुकुम श्री सञ्चालन गरिरहेको छ ।





-1759842583.jpg)