बुधवार भोटेकोसीमा गएको आएको बाढीपछि रुकुम पश्चिमका समेत धेरै जना बेपत्ता रहेका छन् । सरकारी जागिर तथा विभिन्न कामका लागि रसुवामा रहेका एक दर्जन सम्पर्क विहीन रहेको खबर प्राप्त भएको छ ।
केही सम्पर्कमा आइरहेका छन् । अहिलेसम्म सम्पर्कमा नरहनेमा आठबिसकोट नगरपालिका ३ का खम्बु बोहरा, उहाँकी श्रीमती कोपिला केसी बोहरा र उहाँहरुकी १ वर्षकी नाबालिग छोरी रहनुभएको छ । श्रीमान् श्रीमती स्वास्थ्यकर्मी हुनुहुन्छ ।
मुसिकोट नगरपालिका २ का हरिबहादुर खड्का पनि सम्पर्क विहीन हुनुहुन्छ । उहाँ भन्सार कार्यालयमा नायव सुब्बाका रूपमा कार्यरत हुनुहुन्थ्यो । लक्ष्मी बुढा, चन्द्र बुढा, नन्दलाल घर्ती, डिला घर्ती र शिव बुढा पनि सम्पर्क विहीन हुनुहुन्छ । उहाँहरू भन्सार कार्यालयमा समान लोड अनलोडको काम गर्नुहुन्थ्यो ।
हाइड्रोमा कार्यरत आठबिसकोट नगरपालिका ९ का वीरेन्द्र केसी पनि सम्पर्क विहीन हुनुहुन्छ । सम्पर्क विहीन बन्नुभएका मुसिकोट १ का अब्दुल भुवन केसी, करवीर गैरे, भावना केसी सम्पर्कमा आउनुभएको छ । उहाँहरूको स्वास्थ्य अवस्था बिग्रिएको बताइएको छ ।
सम्पर्क विहीनहरूको खोजी तीव्र पारिएको छ । स्थानीय प्रशासनबाट आवश्यक समन्वय सहित विभिन्न ठाउँमा कार्यरत जिल्लाका निजामती कर्मचारी तथा अन्य सरोकारवालाहरूले खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्नुका साथै केही भौतिक रूपमा खटिएका समेत छन् ।





-1759842583.jpg)