Kakhara सबैको खबर सम्पूर्ण खबर
आरसी खड्काद्वारा बाढी पीडितका लागि अमेरिकाबाट डेढ लाख सहयोग 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ घर भई हाल अमेरिका रहनुभएका ऋषिराम खड्का (आरसी) ले भोटेकोसी बाढी पीडितका लागि सहयोग गर्नुभएको छ । उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारी संयन्त्र मार्फत उहाँले एक लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उहाँले एक हजार डलर अर्थात् नेपाली १ लाख ५० हजार जम्मा गर्नुभएको छ । उहाँले मृतकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली, आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

साथै पीडितहरूको उद्धार, गाँस, बास, कपास र स्वास्थ्यमा यथाशक्य लाग्न सरकारलाई आग्रह समेत गर्नुभएको छ । साथै उहाँले वर्षा यामको मौसम रहेकोले प्राकृतिक विपद् जति बेला जहाँ पनि आउन सक्ने भएकोले सतर्क रहन तथा महाविपद्मा जात धर्म दल कुनै पनि कुराको भेदभावको गन्ध नआउने गरेर सबैले हातेमालो गर्दै आर्थिक भौतिक जे जसरी जहाँ सकिन्छ सकेको सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update