Kakhara सबैको खबर सम्पूर्ण खबर
रसुवा बाढी:  रुकुमका तीन जनाको उद्धार

रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक ठूलो बाढीका कारण प्रभावित क्षेत्रमा रहेका रुकुम तीन  जनालाई उद्धार गरिएको छ । बाढीका कारण नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा क्षति पुगेपछि जोखिममा परेका नागरिकको खोज तथा उद्धार कार्य तीव्र पारिएको  छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय उद्धार तथा राहतमा परिचालन भएका छन् ।

उद्धार गरिएकाहरूमा रुकुमका ५५ वर्षीय कमल घर्ती, ३८ वर्षीया  अमिता घर्ती र ४ वर्षीया काजल घर्ती रहेको  जिल्ला प्रहरी कार्यालय  रसुवाले  जनाएको छ । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका उनीहरूलाई सुरक्षित स्थानमा लगिएको छ । पछिल्लो समय रसुवामा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावितहरूको खोजी, उद्धार तथा राहत वितरणलाई प्राथमिकताका साथ अघि बढाइएको छ। हालसम्म रुकुम पश्चिमका ११ जना व्यक्ती सम्पर्कमा नरहेको  परिवारले जनाएका छन ।

inbound6511634998841771066-1787836558.jpg

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update