Kakhara सबैको खबर सम्पूर्ण खबर
युवा नेता तथा व्यवसायी केसीद्वारा बाढी पीडितका लागि १ लाख १ हजार सहयोग 

नेपाली काँग्रेसका युवा नेता तथा व्यवसायी राजु केसीले भोटेकोसी बाढी पीडितका लागि सहयोग गर्नुभएको छ । बुधवारको बाढीबाट प्रभावितहरूका लागि केसीले १ लाख १ हजार सहयोग गर्नुभएको हो । 

उहाँले विशेष गरी भोटेकोसीबाट प्रभावित रुकुमेलीहरुको तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक मानवीय सहयोगका लागि रुकुमेली सेवा समाज मार्फत उक्त सहयोग गर्नुभएको हो । 

केसी युवा नेता, व्यवसायी तथा समाजसेवी हुनुहुन्छ । उहाँ नेपाली काँग्रेसबाट गत फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पश्चिमको उम्मेदवार समेत बन्नुभएको थियो । 

बुधवार भोटेकोसीमा आएको बाढीका कारण रुकुम पश्चिम र पूर्वका कयौँ व्यक्तिहरू सम्पर्क विहीन छ । बेपत्ताहरूको यकिन विवरण अझै आइसकेको छैन । उक्त बाढी प्रभावितका लागि देश तथा विदेशबाट सहयोग सङ्कलन हुने क्रम जारी छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update