बुधवार बिहान भोटेकोसीमा आएको बाढीमा फसेका रुकुम पश्चिमका ९ जना सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार अहिलेसम्म ९ जना सम्पर्कमा आएका हुन् भने अझै १० जना सम्पर्क विहीन अवस्थामा छन् ।
मुसिकोट १ का अब्दुल भुवन केसी, आठबिसकोट ९ का वीरेन्द्र केसी, आठबिसकोट ८ का करवीर गैरे, सानीभेरी २ का नन्दलाल घर्ती, आठबिसकोट १० की तुल्सा केसी, उहाँका ३ वर्षीय छोरा र ३ बर्सिया छोरी, आठठबिसकोट १० कै दिपा केसी र चौरजहारी १३ का रामबहादुर विष्ट सम्पर्कमा आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै १० जना भने अहिले पनि सम्पर्क विहीन अवस्थामा रहेका छन् । बेपत्ता रहनेमा मुसिकोट नगरपालिका २ का हरिबहादुर खड्का, आठबिसकोट ७ का खम्बु बोहरा, उहाँकी श्रीमती कोपिला केसी बोहरा, उहाँहरूकी नाबालिग छोरी, आठबिससकोट ८ का चन्द्रबहादुर घर्ती, सानीभेरी गाउँपालिका ७ की लक्ष्मी बुढाथोकी र उक्त ठाउँकै चन्द्र बुढाथोकी रहनुभएको छ ।
त्यस्तै सानीभेरी ७ कै शिवलाल बुढाथोकी, सोही वडाकै दिलकुमारी घर्ती र चौरजहारी नगरपालिका १ की सीमा बुढाथोकी पनि बेपत्ता रहेको डिएसपी पौडेलले जानकारी गराउनुभयो । बाढीमा पर्नेहरू केही सरकारी कर्मचारी हुन् भने केही श्रमिकका रूपमा रसुवा तथा नुवाकोट गएका थिए । केही आफन्तलाई भेट्न समेत गएको प्रहरीले जनाएको छ ।





-1759842583.jpg)