Kakhara सबैको खबर सम्पूर्ण खबर
बाढी पीडितका लागि १० हजार सहयोग गर्ने मुसिकोट खानेपानी संस्थाको निर्णय 

रुकुम पश्चिमको मुसिकोट खलङ्गा खानेपानी तथा सरसफाइ संस्थाले भोटेकोसी बाढी पीडितका लागि सहयोग गर्ने निर्णय गरेको छ । संस्थाको आज बसेको बैठकले बाढी पीडितका लागि १० हजार एक सय एक रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । 

भोली प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय भएको संस्थाका अध्यक्ष महेन्द्रराज गौतमले जानकारी दिनुभयो । विपद्मा परेका नागरिकहरूको उद्धार, पुनः स्थापना तथा परिपूरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारको खातामा उक्त रकम सहयोग गर्ने निर्णय भएको उहाँले बताउनुभयो । 

संस्थाको उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने निर्णय भएको बताउँदै उहाँले यसले विपद्को घडीमा सानो भए पनि मलहम लगाउने विश्वास व्यक्त गर्नुभयो । कोषमा देश तथा विदेशबाट सहयोग सङ्कलन भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update