रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ५ ले बाढी पीडितको लागि ५० हजार रुपैयाँ सहयोग गर्ने सहयोग निर्णय गरेको छ । भदौ १० गते बिहान रसुवामा आएको बाढीपहिरोको घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै पीडितको लागि वडाले ५० हजार सहयोग गर्ने निर्णय गरेको हो । वडाले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ ।
विपद्को कठिन परिस्थितिमा खोजी, उद्धार तथा राहत प्रक्रियालाई सहज र प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्यले नगद रकम सहयोग गर्न लागिएको वडा अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिनुभयो । सहयोग रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा जम्मा गरिने छ । विपद्को सयमा प्रभावित क्षेत्रका नागरिकसँग ऐक्यबद्धता जनाउँदै वडाले खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिन सम्बन्धित सबै निकायसँग आग्रह समेत गरेको छ ।


-1788004022.jpeg)


-1759842583.jpg)