लायन्स क्लब अफ मुसिकोट खलंगाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।बाढीका कारण प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग पुर्याउने उद्देश्यले क्लबले उक्त रकम सहयोग हो । विपद्को पीडामा रहेका नागरिकलाई केही भए पनि राहत मिलोस् भन्ने मानवीय भावनासहित सहयोग रकम उपलब्ध गराइएको लायन्स क्लब अफ रुकुम पश्चिमका अध्यक्ष जयबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिन क्लबका तर्फबाट पदाधिकारी तथा सदस्य मिलेर ६० हजार रुपैयाँ सहयोग गरिएको हो । “विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु हाम्रो सामाजिक दायित्व हो,” अध्यक्ष थापाले भन्नुभयो ।मानवीय सेवाको भावनालाई आत्मसात गर्दै बाढीपीडितका लागि सहयोग गरिएको उहाँले बताउनुभयो । क्लबले विपद्को कठिन घडीमा विभिन्न संघसंस्था तथा सहयोगी मनहरूले पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि हातेमालो गर्न पनि आग्रह गरेको छ ।


-1788004022.jpeg)


-1759842583.jpg)