रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ घर भई हाल अमेरिकामा रहनुभएका मनराज देवकोटा र हरिबहादुर खत्रीले भोटेकोसी बाढी पीडितका लागि आर्थिक सहयोग गर्नुभएको छ ।
उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारी संयन्त्रमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उहाँहरूले २ लाख ११ हजार १११ सहयोग रकम जम्मा गर्नुभएको हो ।
उहाँहरूले बाढी पहिरो तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुभएका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
उहाँहरूले पीडितहरूको उद्धारसँगै गाँस, बास, कपास र स्वास्थ्य उपचारको व्यवस्थाका लागि यथाशक्य पहल गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
वर्षा यामको समयमा प्राकृतिक विपद् जुनसुकै बेला र जहाँसुकै आउन सक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गर्दै उहाँहरूले महाविपद्को समयमा जात, धर्म, दल वा अन्य कुनै पनि आधारमा भेदभाव नगरी सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।
साथै, आफूले सकेको आर्थिक, भौतिक तथा अन्य सहयोग जहाँबाट जसरी सम्भव हुन्छ, त्यसरी नै पीडितहरूको उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्न उहाँहरूले सबैमा अपिल गर्नुभएको छ ।


-1788004022.jpeg)


-1759842583.jpg)