Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीको जंगलबाट तीन नाल बेवारिसे भरुवा बन्दुक बरामद

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले त्रिवेणी गाउँपालिका २ को एक सामुदायिक वनबाट तीन भरुवा बन्दुक बरामद गरेको छ । वडा नम्बर २ को रातापहर सामुदायिक वनमा ओडार भित्र लुकाई राखिएको तीन नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

काठको बट देखि नालको टुप्पो (फल्यास हाइडर)सम्मको लम्बाई चार फिट ६ इन्च लामा तीन नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो । सोमबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले लुकाई छिपाई राखिएका उक्त बन्दुक बरामद गरेको उहाँले बताउनुभयो । 

उक्त बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको र घटनाका सम्बन्धमा थप छलफल भइरहेको प्रहरी निरीक्षक परियारको भनाई छ । 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update