Kakhara सबैको खबर सम्पूर्ण खबर
भोटेकोशी बाढीपीडितका लागि व्यवसायी खड्काको एक लाख सहयोग

रुकुम पश्चिमका सफल व्यवसायी तथा समाजसेवी मोहवीर खड्काले भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१४ निवासी भई हाल खलंगामा व्यवसाय सञ्चालन गर्दै आउनुभएका खड्काले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्नुभएको हो । उहाँ नेपाली कांग्रेसका कोषाध्यक्षसमेत हुनुहुन्छ ।

विपद्को पीडादायी घडीमा प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले आफूले आशा ट्रेडर्सको तर्फबाट सहयोग गरेको खड्काले बताउनुभयो । “थोपा–थोपा मिलेर सागर बन्छ,” उहाँले भन्नुभयो, “सानो सहयोगले पनि विपद्मा परेका नागरिकको जीवनमा ठूलो आशा जगाउन उहाँको भनाइ छ । खड्काले विपद्को समयमा सबै नागरिक एकजुट भएर पीडितको साथमा उभिनुपर्ने बताउँदै दुःखमा परेकाहरूलाई सक्दो सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।

“विपद् कसैको व्यक्तिगत समस्या होइन, यस्तो बेला मानवीयता देखाउँदै हातेमालो गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो । सहयोगी भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै गरिएको उक्त सहयोगले बाढीपीडितको राहत तथा पुनर्स्थापनामा केही भए पनि टेवा पुग्ने उहाँको  विश्वास छ  । यसैबीच, खड्काले भोटेकोशी बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update