रुकुम यूथ एफसीद्धारा अमेरिकाबाट बाढी पीडितलाई डेढ लाख सहयोग
रुकुम यूथ एफसीले अमेरिकाबाट बाढी पीडितका लागि सहयोग गरेको छ । भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकहरूका लागि फुटबल क्लबले अमेरिकाबाट एक हजार डलर अर्थात् एक लाख ५० हजार सहयोग गरेको हो ।
रुकुम घर भई हाल अमेरिकामा रहेका युवाहरूले सञ्चालनमा ल्याएको क्लबले विपद्को घडीमा पीडितहरूको राहत, उद्धार तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको जनाएको छ ।
राहुलको समन्वयमा क्लबमा रहेकाहरूबाट आर्थिक सहयोग जम्मा गरी एकमुष्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको युवा व्यवसायी खगेन्द्र रसाइलीले जानकारी गराउनुभयो । यसले बाढी पीडितको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुग्ने क्लबले विश्वास व्यक्त गरेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३ ०९:१८
प्रतिक्रिया दिनुहोस्


-1788004022.jpeg)


-1759842583.jpg)