Kakhara सबैको खबर सम्पूर्ण खबर
सहिद गणेश शाह पत्रकारिता पुरस्कारबाट प्रबिर ददेल सम्मानित

नेपाल पत्रकार रुकुम पश्चिमका सल्लाहकार  तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रबिर ददेललाई ‘सहिद गणेश शाह स्मृति पत्रकारिता पुरस्कार, २०८३’ प्रदान गरिएको छ । सहिद गणेश शाहको ३२ औँ स्मृति दिवसको अवसरमा बुधबार चौरजहारी नगरपालिका– ११ मा खाेलागाउँमा आयोजित स्मृति सभामा उहाँलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो  । मुसीकोट नगरपालिका –१३ निवासी प्रबिर ददेल रुकुम पश्चिमबाट नियमित प्रकाशनमा रहेकाे रेखदेख साप्ताहिक तथा रेखदेख डटकमका प्रकाशक सम्पादक हुनुहुन्छ  ।

उहाँले पत्रकारीता क्षेत्रमार्फत सामाजिक न्याय, लोकतन्त्र सुदृढीकरण, भष्ट्रचार निवारणका साथै सुशासन क्षेत्रमा कमल चलाउदै आउनु भएकाे छ । रुकुमकाे पत्रकारिता क्षेत्र लागेर ग्रामिण समस्याकाे उजागार गर्नुका साथै राज्यलाई शसक्त खबरदारी गरेकाे भन्दै प्रत्रकार ददेललाई नगद पुरस्कार सहित खादा ओढाएर सम्मान गरिएको हो ।

स्मृति सभाको अवसरमा उहाँलाई सहिद गणेश शाहको श्रीमती तुला कुमारी शाह, नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य रिपबहादुर ओली नेपली काँग्रेस  रुकुमपश्चिमका उपसभापति हर्कसिंह खत्री, सचिव परमेश्वर भण्डारी,नेपाली काँग्रेस नेता  तथा प्रतिनिधि सभा निर्वाचन २०८२ का उम्मेदवार राजु केसी, महाधिबेशन प्रतिनिधि नन्दबहादुर बिष्ट, नेपाली काँग्रेस प्रदेश सभा ख का  सभापति भद्र बिष्ट, नेपाल महिला संघ रुकुम पश्चिमकी काबा अध्यक्ष निर्मला आचार्य नेपाल तरुण दल रुकुमका अध्यक्ष लाेकन्द्र केसी  चौरजहारी नगर सभापति प्रेमबहादुर ओली लगायतले सम्मान तथा पुरस्कार प्रदान गर्नु भएको हो ।

दिवसकै अवसरमा चाैरजहारीमा रहेकाे  मिसन अस्पताल र चाैरजहारी नगर अस्पताल खाेलागाउँका २२५ जना बिरामीहरूलाई फलफूल वितरण, हाजिरी जवाफ, हिसाब दौड प्रतियोगिता सञ्चालन गरिएको नेपाली काँग्रेस चौरजहारी नगरपालिका ११ का वडा सभापति खिम बहादुर ओलीले जानकारी दिनुभयो  ।

२०५१ साल भदौ १७ गतेका दिन सानीभेरी गाउँपालिका ९ (तत्कालीन सिम्ली गाविसको सुलिहाले) मा शाहको  हत्या भएको थियो ।  हरेक वर्ष भदाै १७ गते सहिद गणेश शाहकाे स्मृति दिवश मनाउदै आएकाे छ । 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update