Kakhara सबैको खबर सम्पूर्ण खबर
फुटबलमा कर्णाली यार्साको जित,  १ लाख ६४ हजार पुरस्कार बाढीपीडितलाई सहयोग

अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली समाजको सहकार्यमा बाढीपीडितहरूको सहयोगार्थ आयोजित ‘फुटबल फर अ कज’ प्रतियोगिताको उपाधि कर्णाली यार्सा एफसीले जितेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कर्णाली यार्सा एफसीले शानदार जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । विजेता बनेसँगै प्राप्त १ लाख ६४ हजार रुपैयाँ पुरस्कार रकम नेपालका बाढीपीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको छ  । 

नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रवासमा रहेका नेपालीहरू एकजुट भएर आयोजना गरेको प्रतियोगिताले खेलकुदसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देश दिन] बाढी पीडितलाई सहयोग गरेको कर्णाली यार्सा एफसीले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update