जन्मदिनको अवसरमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा रहेको बुद्धभूमी मानव सेवा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको छ । मुसीकोट नगरपालिका ११ भलाक्चा घर भई हाल अमेरिकामा बस्दै आउनुभएका रमेश रामजाली मगरले आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो । उहाँले आश्रमलाई २ बोरा चामल, २ वटा चटाई, २ लिटर खाने तेल, ५ किलो दाल, १ दर्जन थाल, १ पेटी कपडा धुने साबुन, १ दर्जन नुहाउने साबुन तथा फलफुल सहयोग गर्नुभएको हो ।
जन्मदिन मनाउँदा गरिने फजुल खर्च कटार आश्रमलाई सहयोग गरेको रामजाली मगरले बताउनुभयो । जन्मदिनको अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउन पाउँदा खुसी लागेको उहाँको भनाइ छ । पछिल्लो समय आश्रमलाई सहयोग गर्ने व्यक्तिहरुको संख्या बढ्दै जाँदा आश्रम संचालनमा सहज हुँदै गएको आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले बताउनुभयो । आश्रमको निर्माणाधीन भवनका लागि पनि स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरूलाई सहयोग गर्न आग्रह गर्नुभयो छ ।





