Kakhara सबैको खबर सम्पूर्ण खबर
स्वर्गीय बुवाको सम्झनामा आश्रममा भोजन तथा भवन निर्माणका लागि १० हजार नगद सहयोग

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–६, मग्मा तलिगाउँ घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनुभएका लक्ष्मण पुनमगरले आफ्ना स्वर्गीय बुवा वीरबहादुर पुनमगरको सम्झनामा बुद्धभूमि मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई खाना खुवाउनुभएको छ । कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनको अवसरमा उहाँले आश्रममा भोजन सेवा गर्नुभएको हो । बुवाको निधन भएको करिब दुई वर्ष पूरा भए पनि उहाँको माया, सम्झना र संस्कारलाई मनमा राख्दै पुनमगरले मानवीय सेवामार्फत बुवाप्रतिको प्रेम तथा सम्मान गर्दै  खाना  खुवाएर सहयोग गर्नुभएको हो ।

d34b99fd-3393-4c0b-bd2b-76aa805f997d-1789122669.jpeg

त्यस्तै आश्रममा निर्माण भइरहेको नयाँ भवनका लागि मुसिकोट नगरपालिका १ खलंगा घरभइ हाल काठमाडौ बस्दै आउनुभएका चिन्ताबहादुर खड्काले १० हजार १५१ नगद रकम सहयोग गर्नुभएको छ । आश्रममै पुगेर खड्को तर्फबाट शिखर इन्स्योरेन्स लिमिटेड मुसिकोट शाखा प्रमुख भद्रबहादुर खड्काले आश्रमका अध्यक्ष खम्बबहादुर जैसीलाई नगद रकम हस्तान्तरण गर्नुभएको हो । त्यस्तैगरी कुशे औशी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा मुसिकोट नगरपालिका ५ बागबजार निवासी सुमना श्रेष्ठ कँवरले पनि २ हजार ५०५ रुपैयाँ आश्रमलाई सहयोग गर्नुभएको छ ।

पछिल्लो समय खाद्यान्न, आश्रमलाई आवश्यक पर्ने अन्य सामग्रीसहित भवन निर्माणको लागि नगद रकम समेत सहयोग भइरहेको बुद्धभुमि मानव सेवा आश्रम रुकुम पश्चिमले जनाएको छ । हाल आश्रममा १० जना व्यक्ति आश्रय लिएर बसिरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update