Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी ११ मा चट्याङ पर्दा आमा र दुई छोरा घाइते
चट्याङले क्षेती गरेको घर ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ जोगिनेटामा शनिबार भारी वर्षासँगै आएको हावाहुरी र  चट्याङकाबाट तीन जना घाइते भएका छन्  ।  स्थानीय बिमला ओलीको घरमा चट्याङ पर्दा  ३३ वर्षीया ओली र उहाँका दुई छोरा ४ वर्षीय अतिराम र डेढ वर्षीया  अनमोल ओली घाइते भएको स्थानीय रुपेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेको नजिकैको मेडिकल तिमिलेमा उपचार भइरहेको छ । घाइतेको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको उहाँको भनाई छ । चट्याङका कारण  घरमा पनि ठूलो क्षति पुगेको छ। चट्याङ विद्युत् लाइनमा पर्दा घरको विद्युत् लाइन क्षति पुग्नुका साथै घरको संरचनासमेत भत्किएको केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update