Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा सञ्चालित इपिक परियोजनाको संयुक्त अनुगमन 

रुकुम पश्चिममा सञ्चालित इपिक (EpiC) परियोजना अन्तर्गत सञ्चालित गतिविधिहरूको जिल्ला स्तरीय टोलीले अनुगमन गरेको छ । अमेरिकी सरकारको आर्थिक सहयोगमा सञ्चालित इपिक परियोजना मार्फत रुकुम पश्चिम जिल्लामा नेपाल जनजागरण मञ्चद्वारा कार्यान्वयनमा रहेको मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहको गुणस्तर तथा प्रगतिको समीक्षा गर्न संयुक्त अनुगमन गरिएको हो । 

जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकको नेतृत्वमा मंगलबार सम्बन्धित पदाधिकारीहरूसँग संयुक्त रूपमा सहयोगात्मक सुपरिवेक्षण तथा अनुगमन गरिएको परियोजना संयोजक दिलीपकुमार ईश्वरले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार गोतामकोट स्वास्थ्य चौकी आठविसकोट नगरपालिका र अर्मा स्वास्थ्य चौकी सानीभेरी गाउँपालिकाको सानीभेरीमा अनुगमन गरिएको थियो । 

त्यस्तै बुधवार नुवाकोट स्वास्थ्य चौकी चौरजहारी नगरपालिका, पेउघा स्वास्थ्य चौकी त्रिवेणी गाँउपालिका र बाँफिकोट स्वास्थ्य चौकी बाँफिकोट गाउँपालिकामा अनुगमन गरिएको ईश्वरले जानकारी गराउनुभयो । 

janajagaran-1790175546.jpeg
जिल्लाका सबै स्थानीय तह अन्तर्गत स्वास्थ्य संस्थाहरूमा सञ्चालन भइरहेको इपिक नेपालको मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण कार्यक्रमको प्रगति, सेवा प्रवाह, गुणस्तर, उपलब्धि तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूको संयुक्त रूपमा अनुगमन तथा समीक्षा गर्न अनुगमन गरिएको हो । साथै यस अनुगमनको उद्देश्य आगामी कार्यक्रमहरूका लागि थप आवश्यक सुधारात्मक सल्लाह सुझाव, समन्वय तथा सहकार्य सुदृढ गर्नु पनि रहेको उहाँको भनाई छ । 

अनुगमन टोलीले स्वास्थ्य संस्थाहरूमा मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण कार्यक्रम सेवाको उपलब्धता तथा सेवा प्रवाहको अवस्था, गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुलाई प्रदान गरिने सेवाको अवस्था, बाल स्वास्थ्य तथा पोषण सेवाको अवस्था, कुपोषण पहिचान, व्यवस्थापन तथा रेफरलको अवस्था र स्वास्थ्यकर्मीको ज्ञान, सीप तथा आवश्यक सहयोगको अवस्थाका बारेमा जानकारी लिएको थियो । 

janajagaran4-1790175549.jpeg
त्यस्तै रेफरल गाइडलाइन्सको प्रयोग तथा रेफरल प्रणाली, बर्थिङ सेवाको अवस्था तथा तयारी अवस्था, स्वास्थ्य संस्थाको औषधि, उपकरण तथा आवश्यक सामग्रीको उपलब्धता, सङ्क्रमण रोकथाम तथा नियन्त्रणको अवस्था र संस्थामा फोहर व्यवस्थापन सम्बन्धी व्यवस्था बारे पनि अनुगमन टोलीले चासो देखाएको थियो । 

यसका साथै स्वास्थ्य संस्थामा अभिलेख तथा प्रतिवेदन प्रणालीको अवस्था, समुदाय–स्वास्थ्य संस्था समन्वय तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन र कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या, चुनौती तथा आवश्यकताका विषयमा पनि अनुगमन टोलीले अनुगमन गरेको थियो । 

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विक, जिल्ला समन्वय अधिकारी मेघराज सोनी, स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरिबहादुर पुन, स्वास्थ्य सेवा कार्यालयका पब्लिक हेल्थ नर्स कुसुम शाही, नेपाल जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारी, कार्यकारी निर्देशक रणबहादुर परियार, नेपाल जनजागरण मञ्चका कार्यसमिति सदस्य, संस्थामा कार्यरत कर्मचारीहरू लगायतको सहभागिता रहेको परियोजना संयोजक ईश्वरले जानकारी गराउनुभयो ।

janajagaran3-1790175548.jpeg

janajagaran2-1790175547.jpeg

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update