अपांगता भएकाहरुको व्यवसायका लागि चल्ला सहयोग
                            
                            
                                                        
                                                     
                                                                        अपांगता भएका व्यक्तिहरुले व्यवसाय सञ्चालन गरुन् भनेर कुखुराका चल्ला वितरण गरिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ६, घर्तीकाँडाको अपांगता सञ्जाल समूहलाई कुखुराका चल्ला वितरण गरिएको हो । अपांगता व्यक्तिहरु मात्रै रहेको समूहलाई ति चल्ला दिइएको हो । निशुल्क १ सय ४० वटा ब्रोइलरका चल्ला प्रदान गरिएको छ ।
अपांगत भएका व्यक्ति सानो भएपनि व्यवसायमा जोडिउन भन्ने उद्देश्य रहेको जनाइएको छ । चौरजहारी नगरपालिकाको आर्थिक सहयोग, चौरजहारी अपांगता पुर्नस्थापना केन्द्र, मानव विकास तथा सामुदायिक सेवा एचडीसिएस सिविआर कार्यक्रमको समन्वयमा र सहकार्यमा चल्ला वितरण गरिएको हो । खोर निर्माण, कुखुराको दाना, दाना खुवाउने भाँडा समेत सहयोग गरिएको सिविआर सहजकर्ता सन्देश जैसीले जानकारी दिनुभयो ।  
 
प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०७:०८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    