Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा शान्ति, सुरक्षा र सामाजिक सचेतनामूलक कार्यक्रम 

जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम), जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) तथा सानीभेरी गाउँपालिकाको समन्वयमा सानीभेरी गाउँपालिकाको सभाहलमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम, नागरिक सुनुवाइ कार्यक्रम तथा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया/छलफल कार्यक्रम संयुक्त रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा शान्ति–सुरक्षा कायम गर्ने, अपराध न्यूनीकरण गर्ने, लागू औषध दुर्व्यसन नियन्त्रण गर्ने तथा नागरिकलाई प्रभावकारी र सहज सेवा प्रवाह सुनिश्चित गर्ने विषयमा महत्त्वपूर्ण छलफल तथा अन्तरक्रिया गरिएको थियो।

स्थानीय नागरिकका गुनासा, जिज्ञासा र सुझावहरू प्रत्यक्ष रूपमा सुन्ने अवसरसमेत प्राप्त भएको कार्यक्रम अत्यन्तै प्रभावकारी, उपयोगी र नागरिकमैत्री बनेको थियो । यस्ता कार्यक्रमले स्थानीय तह, सुरक्षा निकाय र नागरिकबिचको समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउँदै समाजमा शान्ति, सुरक्षा र सकारात्मक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेल, सशस्त्र प्रहरी प्रमुख सुवेनबाबु कँडेल, प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राना लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

antarkriya-1791303149.jpeg
 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update