Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटका ७२ पदमा २ सय १२ जनाले उम्मेदवारी दिए 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा २ सय १२ जनाको उम्मेदवारी परेको छ । नगर प्रमुखमा ७ जना, उप प्रमुखमा ६, वडाध्यक्षमा ४९ र वडा सदस्यमा १ सय ५० जनाको उम्मेदवारी परेको हो । १ नगर प्रमुख, १ उप प्रमुख, १४ वडाध्यक्ष र ५२ वडासदस्य गरी कुल ७२ पदका लागि २ सय १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय आठबीसकोटले जनाएको छ ।

प्रमुखमा नेकपा माओवादी केन्द्रबाट रवि केसी, नेपाली कांग्रेसबाट धिरेन्द्रकुमार बटाला र नेकपा एमालेबाट कृष्णाकुमारी मल्लको उम्मेदवारी परेको छ । नगर प्रमुखमा नेकपा एमाजवादी, राप्रपा नेपाल, मंगोल नेशनल अर्गनाईजेशन र एक जना स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दिएका छन् । 

त्यस्तै उप प्रमुखमा नेकपा माओवादी केन्द्रका तर्फबाट धनकुमारी शाही, नेपाली कांग्रेसका तर्फबाट शोभा शाही मल्ल, नेकपा एमालेका तर्फबाट दिनेश चन्दको उम्मेदवारी परेको छ । प्रमुखमा उम्मेदवारी दिएका अन्य दल र स्वतन्त्रबाट पनि उप प्रमुखमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update