Top Navigation
आइतबार, चैत १९, २०७९ ०१:३२:२९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, चैत १९, २०७९ ०१:३२:२९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मुसिकाेट
  • #आराेप
  • #स्वेच्छाचारी
Search Here
स्थानीय तह निर्वाचन २०७९
  • Home
  • स्थानीय तह निर्वाचन २०७९
  • म वादी मात्र होइन ‘माओवादी’ पनि हुँ 
म वादी मात्र होइन ‘माओवादी’ पनि हुँ 
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, वैशाख १४, २०७९

मलाई हाम्रो पार्टी माओवादी केन्द्रले रूकुम पश्चिम चाैरजहारी नगरपालिकाका नगर प्रमुखको चुनाव लड्नका लागि टिकट दिने निर्णय गर्यो । निर्णय सार्वजनिक भयो । सामाजिक सञ्जाल, फोन र एसएमस मार्फत बधाई तथा शुभकामना आइरहे । मैले टिकट पाउने भएपछि केही विपक्षीले खसी काटेर खुसीयाली मनाएछन् । वादीले टिकट पायो, अब जित्न सजिलो हुन्छ भन्दै खुसीयाली मनाइएछ । ति साथिले म वादी भएको मात्रै देख्नुभए छ । थाहा पाउनु भएछ । मलाई माओवादी भएको चिन्नु, बुझ्नु भएन । उत्पीडित जातिको मुक्तिका खातिर दश वर्ष गौरवपूर्ण जनयुद्ध गरेको गौरवशाली पार्टीको एक सिपाही हुनुका नाताले निल्र्लज्ज गरिएको त्यो हर्कतले थप उर्जा प्राप्त भएको छ । विपक्षीहरुको निश्चित, जाती, वर्गप्रतिको बुझाई थप प्रष्ट भएको छ । 

नेकपा माओवादी केन्द्र चौरजहारी नगरको इन्चार्ज छु । पार्टीको वैकल्पिक केन्द्रीय सदस्य पनि हो । विगतको समन्ती सत्ताले धकेलेर पिधमा पुर्याएको एउटा जाति, समुदायबाट आएको नेताका रुपमा पार्टीले मूल्याङ्कन गरेर नगरप्रमुखका लागि टिकट दिएको हो । पार्टीको यो निर्णयले समग्र चौरजहारीबासी खुसी भएको मलाई लागेको छ । पार्टीका नेता, कार्यकर्ता सिंगो कार्यकर्ता खुसी छन् । यो निर्णयले सबैलाई उत्साही बनाएको छ । स्वःत स्फूर्त प्रचारमा आउनेहरु बढ्नुभएको छ । नगरको सिंगो पार्टी निर्वाचनमा होमिसकेको छ । पार्टी, भातृ तथा भगिनि संगठनहरु निर्वाचनमा लागि सकेका छन् । एक हिसावले जित भइसकेको छ । त्यसको अनुमोदन जनताबाट हुन मात्रै बाँकी छ जस्तो महशुस भइरहेको छ । 

लामो समयदेखिको शोषण, दमन, उत्पीडनबाट जनतालाई मुक्ति गर्न थालिएको जनयुद्धले उत्पादन गरेको नेताका हैसियतले पार्टीले दिएका विभिन्न भूमिमा निर्वाह गरियो । अब अर्को भूमिकाका लागि पार्टी अघि सारेको छ । यो मेरो व्यक्तिगत चाहना कम र पार्टीको चाहना÷निर्णय बढी हो । नगरका सिनियर नेताहरुको जोडबलका कारण यो निर्णय भएको छ । यो पार्टीले दिएको अर्को भूमिका हो । त्यो भूमिका यस अघिका भूमिका जस्तै पूरा गर्न कुनै कसर बाँकी राखिने छैन । अघि नै कुरा भइसक्यो अदारणीय जनता मतदानका लागि आतुर भइसक्नुभएको छ । गाउँ गाउँमा, वडा र टोल, वस्तिमा त्यो माहोल बनेको छ । चौरजहारीमा जसले जे गरे पनि भनेपनि माओवादीको विकल्प छैन । यो पुष्प वादीको कुरा होइन माओवादीको कुरा हो । यो कुरा आम जनताले पनि प्रष्ट बुझ्नु भएकै छ । 

समाजमा हुने विभेदबाट विद्रोही चेत पलाएको थियो । विद्यालयमा गएको समयमा डेस्कमा राखिएको झोला छोइएपछि रोटी छोइदियो भनेर सहकर्मीबाट कुटाई खाएको, पछि उल्टै शिक्षकबाट पनि कुटाई खाएपछि चेत बढेको थियो । त्यही चेतले जनयुद्धमा लामबद्ध बनायो । नेपाल उत्पीडित मुक्ति समाजसँगको भेटघाट र प्रशिक्षणपछि भइरहेको विभेदका बारे प्रष्ट भयो र यसको अन्त्य गर्ने मुख्य शक्ति माओवादी नै हो भन्ने निष्कर्ष सहित पूर्णकालिन भइएको हो । जनयुद्धका क्रममा पार्टीले दिएका विभिन्न मोर्चा, पार्टी र संगठनमा खेलेको भूमिकाले पार्टीलाई मेरो विश्वास छ । जनताप्रति माया छ, जनताले आशा मान्ने अवस्था पार्टीकै कारण बनेको हो । 

२०५७ सालमा जनयुद्धमा पूर्णकालिन भइयो । सोही सालमा पार्टीको भातृ संगठन दलित मोर्चा जिल्ला अध्यक्ष भइयो । त्यतिबेला पार्टीले पार्टी सदस्य मात्रै दिएको थियो । सोही सालमै पार्टीले एरीया समिति सदस्य बनायो । २०६१ सालमा मोर्चाको केन्द्रीय सदस्य, २०६२÷०६३ मा मोर्चाको प्रदेश इन्चार्जको जिम्मेवारीमा पार्टी, संगठनले खटायो । शान्ति स्थापनाछि सल्यान, रुकुम इन्चार्ज, मोर्चाको सचिवालय सदस्य पार्टीको राज्य समिटि सदस्य, २०६८ सालदेखि ४ वर्ष वादी समुदाय उत्थान विकास समितिको संयोजक भएर काम गरियो । त्यो पनि पार्टीको एक मोर्चा थियो । 

रुकुम जिल्लाले वर्गविहीन समाज नमूना अभ्यास गरिरहेको छ । बेला बेलामा भएका निर्णय, घटना, परिघटनाले त्यो पुष्टि गरेको छ । लाभका पदहरुमा पनि समानुपातिक वितरण गर्नेदेखि पार्टीका महत्वपूर्ण जिम्मेवारीमा समेत दलित, उत्पीडित जाति समुदायको सन्दर्भमा रुकुममा नमूना अभ्यास भइरहेको छ । त्यो सफल पनि हुँदै गएको छ । यसको पछिल्लो उदाहरण मध्य म पनि एक हुँ भन्न सकिन्छ । २०७४ स्थानीय तहको निर्वाचनमा पार्टीले २ जनालाई उपप्रमुख बनायो । वडाध्यक्षमा पनि त्यसरी साथीहरु आउनुभयो । प्रदेश सभा तर्फ धेरैमा एक जना मात्रै रातो कामीले निर्वाचन लड्नुभयो । रुकुम जिल्लामै जन्मनुभएका महेश्वर गहतराज संघीय मन्त्री हुनुहुन्छ । कहिलेकाँही केही कुरा नमिल्ने नपुग्ने भएको हुन सक्छ तर आम रुपमा रुकुमको पार्टी नेतृत्वले हाम्रो वर्ग, समाज उत्थानका लागि गरिरहेको छ । 

चौरजहारीमा ५ वर्षको अवधिमा नमूना काम भएका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा हाम्रा नेता विशाल शर्मा नेतृत्वको टोली विजयी बनेको थियो । यो कार्यपालिकाले चौरजहारीको विकासका लागि महत्वपूर्ण काम गरेको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा उल्लेखनिय काम भएका छन् । त्यसैको निरन्तरताका लागि अहिलेको टिम आउनुपर्छ । यो चौरजहारीको आवश्यक्ता र जनताको माग हो । जनतासितै रहेर भएका थुप्रै कामका कारण फेरि पनि माओवादी नै रोज्ने वातावरण चौरजहारीमा छ । २०७४ देखि २०७९ सम्मका जनप्रतिनिधिले गरेका कामहरु प्रष्टै देखिन्छन् । यसबीचमा बनाइएका ऐन, नियम र कानूनले सरकारलाई चलाएका छन् । केही नहुने अवस्थाबाट सुरु गरिएको चौरजहारी नगर यहाँसम्म आइपुग्दा थुप्रै स्रोत साधनले सम्पन्न भएको छ । नगर अस्पताल, हरेक वडामा स्वास्थ्य केन्द्र स्थापना, प्रशासनिक भवन निर्माण, सबै वडाका सबै टोलमा सडक सञ्जाल विस्तार भएको छ । यी कुराको पूर्ण हाम्रै पार्टीको सरकारले गरेको छ । अब यसलाई  थप बढाउनु छ । जनताका बढेका आवश्यक्ता परिपूर्ति गर्नु छ । यसैले आम चौरजहारीबासीमा हाम्रो पार्टीको तर्फबाट यो प्रतिबद्धता गर्दछु ।

(कुराकानीमा आधारीत)
 


प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ०६:५४
#स्थानीय तह निर्वाचन २०७९
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्