Top Navigation
आइतबार, चैत १९, २०७९ ०२:१३:१०
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, चैत १९, २०७९ ०२:१३:१०
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मुसिकाेट
  • #आराेप
  • #स्वेच्छाचारी
Search Here
स्थानीय तह निर्वाचन २०७९
  • Home
  • स्थानीय तह निर्वाचन २०७९
  • समृद्ध सानीभेरी बनाउने योजना माओवादीसित छः केदार
समृद्ध सानीभेरी बनाउने योजना माओवादीसित छः केदार
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, वैशाख २६, २०७९

दश वर्षे जनयुद्धको पूरै समय लडेका विर्खबहादुर विष्ट केदार धेरैले सुनेको नाम । धेरैले उच्चारण गरेको नाममा पर्छ, केदार । विर्खबहादुर विष्टको टेक नाम हो केदार । दश वर्षे जनयुद्धका क्रममा विष्टलाई पार्टीले केदार टेक नाम दियो । दश वर्षे जनयुद्ध र त्यसपछिका सम्पूर्ण समय राजनीतिमै विताएका विष्ट माओवादी केन्द्रको तर्फबाट सानीभेरी गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुनुहुन्छ । पार्टीले टिकट दिएपछि प्रचार प्रसारमा व्यस्त रहेका विष्टले सानीभेरी गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यका साथ पार्टीले आफूलाई टिकट दिएको बताउनुभयो । ‘म पात्र हु“ हिजो जनयुद्ध थालनीको पूर्वदेखि नै पार्टीको निर्देशन अनुसार पात्रको रुपमा काम गरेर आएँ,’ विष्टले भन्नुभयो, ‘अब पनि म पात्र हुँ समृद्ध सानीभेरी निर्माणका लागि पार्टीले विचार गरेरै मेरो नेतृत्वमा सम्पूर्ण उम्मेदवार चुनावी मैदानमा उतारेको हो ।’ सानीभेरी गाउँपालिकाको विकासको समृद्धि योजना माओवादी पार्टीसित भएको र त्यसको कार्यान्वयनका लागि पार्टीले पात्रहरु मैदान पठाएको उहाँको भनाई छ । गत ५ वर्षको अवधिमा गरिएका सम्पूर्ण कामको अपनत्व लिने, अपूरा काम पूरा गर्ने र बनेका योजनाको विकाससँगै दिगो बनाउने योजना सहित पार्टी चुनावी मैदानमा गएको विष्टले बताउनुभयो । 

२०७४–०७९ सालसम्मको गाउँ कार्यपालिका अर्थात सानीभेरी गाउँपालिकाले विकास र समृद्धिको जग खडा गरिसकेकाले अब त्यसको व्यवस्थित र थप योजना निर्माण गर्ने योजना पार्टीसित रहेको विष्टले सुनाउनुभयो । यस्तै खाले घोषणा पत्र सहित आफूहरु चुनावमा गएको जनताहरु उत्साहित पाइएको विष्टले बताउनुभयो । ‘पहिलो कार्यकालको ५ वर्ष धेरै काम गरिएको छ, त्यसलाई व्यवस्थित गर्दै अरु काम गर्ने कार्यभार हामीसित छ, त्यो पूरा गर्ने गरी हामीलाई पार्टीले मैदानमा पठाएको हो,’ उहाँले भन्नुभयो । समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार मुल नारा सहित माओवादीको सानीभेरी गाउँपालिका समितिले अध्यक्ष, उपाध्यक्ष र ११ वटै वडाध्यक्ष, वडा सदस्यका उम्मेदवाहरु चुनावी मैदानमा पठाएको छ ।

‘गुणस्तरीय शिक्षा, दिगो स्वास्थ्य सेवा र भौतिक पूर्वाधार–समृद्धि गाउँपालिका खुसी जनताको लागि श्रम, कृषि, पर्यटन, विकास र रोजगार’ भन्ने अर्को नारा सहित विष्ट नेतृत्वको टिमले घोषणा पत्र तयार पारेको छ । घोषणा पत्रमा विकासका प्राथमिकता र पार्टीको दृष्टिकोणका बारेमा उल्लेख छ । सामाजिक विकास, आर्थिक विकास, भौतिक पूर्वाधार, वन, वातवारण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासका बारेमा घोषणा पत्रले प्रष्ट बोलेको विष्टले बताउनुभयो । घोषणा पत्रमा उल्लेख भएका विषयहरु कार्यान्वयन गर्न सजिलो रहेको, त्यसका आधारहरु प्रष्ट रहेको भन्दै उहाँले भनेका कुराहरुमा तलमाथी नभएर गाउँपालिकाको विकास हुनेमा ढुक्क रहन आग्रह गर्नुभएको छ । मतदाताले अनुमोदन गर्ने कुरामा ढुक्क जस्तै देखिएका विष्टले ५ वर्षे कार्यकालका थप कामको निरन्तरतालाई निर्वाचन सकिएको भोलिपल्टदेखि नै अघि बढाउने बताउनुभयो । 

विष्टका राजनीतिक सिढि
झण्डै ५ वर्ष सानीभेरी गाउँपालिका ३, को वडाध्यक्ष भएर कार्य सम्पादन गर्नुभएका, वडाको नेतृत्व गर्नुभएको विष्टको राजनीतिक यात्रा लामो छ । सानै उमेरदेखि राजनीतिमा लागेका विष्टले नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा दश वर्ष बढी काम गर्नुभएको हो । २०५१ सालमा अखिल क्रान्तिकारीको संगठित सदस्यबाट राजनीति थाल्नुभएको थियो । दश वर्षे जनयुद्धको क्रममा उहाँले थुप्रै भूमिका निर्वाह गर्नुभयो । २०५३ सालमा पार्टीको पूर्णकालिन सदस्य हुनु भएका उहाँ पार्टीको सेल सेक्रेटरी तथा विद्यार्थी संगठनको जिल्ला समिति सदस्य हुनुहुन्थ्यो । दश वर्षे जनयुद्धको दौडानमा उहाँ २०५५ मा पार्टीको एरीया सदस्य, २०५६ मा एरीया सचिवालय सदस्य तथा गाजस प्रमुख, २०५८ मा एरीया सेक्रेटरी २०५९ सालमा पार्टीको जिल्ला समिति सदस्यको भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यसपछि २०५९ सालमै पार्टीको अर्घाखाँची जिल्ला सचिवालय सदस्यको रुपमा काम गर्नुभएको थियो । २०६१ देखि २०६५ सम्म रुकुम जिल्लाको पार्टी सचिवालय सदस्यको भूमिका निर्वाह गर्नुभयो । त्यसपछि हेटौंडा महाधिवेशन आयोजक समितिको सदस्य बन्नुभएका उहाँ पार्टीको प्रदेश समितिमा रहेर पनि काम गर्नुभएको थियो । उहाँलाई विद्यालयमा पढ्दै गर्दा प्रचण्डजंग शाह र विरजंग शाहको घरमा आगलागी र माओवादीले चलाएको भकारी कब्जा आन्दोलनका झुट्टा मुद्दा लगाइएको थियो । सोही मुद्दाका कारण पनि आफू जनयुद्धप्रति प्रेरित भएर उहाँ जनयुद्धमा लाग्नुभएको थियो । जनयुद्ध सकिएपछिका दश वर्ष उहाँ पार्टीमा काम गर्नुभयो । घेत्मा, गरायला  र सिम्ली गाविस इन्चार्जको काम गर्नुभयो । त्यसपछि सहकारी निर्माण, समूह निर्माण लगायतका सामाजिक काम गर्नुभयो ।

सानीभेरी शिक्षा क्याम्पसको संस्थापक अध्यक्ष बन्दै सामाजिक सेवामै रहेका उहाँ २०७४ वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनमा सानीभेरी गाउँपालिका ३, को वडाध्यक्षमा निर्वाचित हुुनुभएको थियो । पछिल्लो केही वर्षदेखि उहाँ निरन्तर माओवादीको सानीभेरी गाउँपालिका इन्चार्जको रुपमा काम गर्दै आउनु भएको छ । हाल पनि उहाँ सानीभेरी गाउँपालिकाको पार्टी इन्चार्ज र निर्वाचन परिचालन समितिको संयोजक पनि उहाँ नै हुनुहुन्छ । 

सामाजिक विकास समितिको काम बारे
उहाँले ३ नम्बर वडाध्यक्षसँगसँगै गाउँपालिकाको सामाजिक विकास समितिको संयोजकको रुपमा पनि काम गर्नुभयो । वर्तमाण कार्यकालमा गाउँपालिकाको सामाजिक विकासमा पनि महत्वपूर्ण काम भएको उहाँको दावी छ । विशेष गरी स्थानीय तह बनेपछि अभिभावक विद्यालय चलाउने पैसा उठाउने बाध्यताबाट मुक्त भएका छन् । विद्यालय चलाउन शिक्षक पाल्ने कामबाट अभिभावकलाई स्थानीय तहले मुक्त गरेको विष्टले बताउनुभयो । स्थानीय तह विशेष गरी गाउँपालिकाले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा २ सय बढी शिक्षक तथा कर्मचारी नियुक्त गरेको छ । यसपछि अभिभावक चन्दा उठाएर शिक्षक पाल्नुपर्ने तथा विद्यालय चलाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् । यसको प्रतिफल आउन भने केही समय लाग्ने उहाँले बताउनुभयो । स्थानीय तहले लगानी गरेको छ । प्रतिफल आउन केही समय लाग्ने तर अभिभावक भने ठूलो समस्याबाट मुक्त भएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले अस्पताल बनाएको छ । डाक्टर सहितको अस्पतालबाट धेरैले सजिलै, सस्तै सेवा पाएका छन् । आकष्मिक भएका घटना, दुर्घटनाका विरामीले एम्बुलेन्स पाएका छन् । छिटो छरितो अस्पताल पुगेका छन् । यो पनि देखिने उपलब्धि भएको बुझाई विष्टको छ । यसलाई थप व्यवस्थित गर्नका लागि सबै ठाउँबाट पहल र प्रयास भइरहेको पनि उहाँले बताउनुभयो । 

भिर,पाखाहरुमा गाग्री, ड्रममा बोकेर पानी ओसार्नुपर्ने बाध्यता टरेको छ । केही बाहेक अधिकांशले यस्तो असजिलो परिस्थिति गुजार्नु परेको छैन । यो पनि देखिने परिवर्तण हो । गाउँपालिकाका धेरै ठाउँमा पिठ्युमा पानी बोक्ने बाध्यता टरेको र कतै कतै टर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । काम नै सुरु नभएका, काम सुरु भएर पनि पूरा नभएका योजनलाई अबको वर्षमा गर्ने गरी घोषणा पत्र तयार पारेको विष्टले बताउनुभयो । 

सडक स्तरोन्नती गर्ने । सडकहरु बाह्रै महिना चल्ने बनाउने योजना छ । निर्माणको क्रममा रहेका सबै योजना बनाइ सक्ने योजना छ । रोजगारी र स्वरोजगारका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने योजना पार्टीले बनाएको र त्यो सरकारले कार्यान्वय गर्ने उहाँले बताउनुभयो । बाँकी रहेका सबै घरधुरीमा विद्युतको राष्ट्रिय प्रशारण लाइन जोड्ने । विद्यालयको गुणस्तर कायम गर्ने र सुशासनमा जोड दिने । सबै घरधुरीलाई स्वास्थ्य बीमा गराउनका लागि प्रेरित गर्ने नसक्नेलाई आफै गराइदिने योजना पनि वडाले गराएको छ । सबै वडाको वडा कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गाको व्यवस्थापन गर्ने सकेसम्म बजेट व्यवस्थापन गरेर ५ वर्षसम्म भवन निर्माण गरी सक्ने योजना उहाँले सुनाउनुभयो । 
 


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ०९:५२
#स्थानीय तहको निर्वाचन २०७९
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्