Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी १ मा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी 
Tek pun.jpg

रुकुम पश्चिमको सानीभरी गाउँपालिका वडा नम्बर १ नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । अहिले भर्खरै सम्पन्न मतगणना अनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी हुनुभयो । उहाँले ५ सय ६१ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्दि नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गर्नुभयो । सदस्यमा कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार विजयी बनेका छन् । विजयी बनेका हुन् । वडा सदस्यमा कालाे पुन, मंगली कामी, बिमला राेका  बिक र तुलसा सुनार निर्वाचित हुनुभएकाे छ ।

त्यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर बिष्टले ५ सय ४७ मत सहित अग्रता कायम गर्नुभएको छ । उहाँका प्रतिद्धन्दि कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याउनुभएको छ । उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ । उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउदा कांग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याउनुभएको छ । 

सानीभेरी १ संगै रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले जीतको सुरुवात गरेको छ । मुसीकोट नगरपालिकामा पनि मतगणना सुरु भएको छ । अन्य ४ वटा स्थानीय तहमा भने मत गणना सुरु हुन सकेको छैन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update