Kakhara सबैको खबर सम्पूर्ण खबर
जिसस रुकुम पूर्वको प्रमुख श्रेष्ठ र उप प्रमुख केसी बन्दै 

जिल्ला समन्वय समिति रुकुम पूर्वको निर्वाचन जेठ २४ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पूर्वले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार जेठ १८ गते मतदाता नामावली प्रकाशन गर्ने, सोही दिन मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने र संशोधित मतदाता नामावली प्रकाशन गरिने छ । जेठ १९ गते मतदाताको विरोधमा उजुरी दिने, सोही दिन मतदाताको विरोधमा दिएको उजुरी उपर जाँचबुझ गर्ने र त्यसै दिन अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यसुचि रहेको छ ।

जेठ २० गते उम्मेदवार मनोनयन दर्ता गर्ने र मनोनयन दर्ता भएका उम्मेदवारको सूचि प्रकाशन गर्ने कार्यसुचि छ । जेठ २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २२ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् भने त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । २३ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र २४ गते मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पूर्वले जनाएको छ । मतदानको समय बिहान ९ः३० देखि बेलुकी ५ः३० बजेसम्म रहेको छ । 

रुकुम पूर्वमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि ६ जना मतदाता रहेका छन् । जसमा ५ जना नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका छन् भने एक जना नेकपा एमालेबाट निर्वाचित भएका हुन् । प्रमुख, उपप्रमुख सहित ९ जनालाई छान्न ६ जनाले मतदान गर्न पाउँने छन् । मतदाता संख्याका आधारमा जिसस रुकुम पूर्वको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने छ । माओवादीले प्रमुखको उम्मेदवार टुंग्याएको छ ।

प्रमुखमा मेघबहादुर श्रेष्ठलाई पठाउने पार्टीका जिल्ला संयोजक होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उपप्रमुख भने माओवादीले नेकपा एकीकतृ समाजवादीलाई दिने भएको छ । एक जना सदस्य नभएपनि गठबन्धनका आधारमा जिससको उपप्रमुख नेकपा एसलाई दिन माओवादी तयार भएको हो । उप प्रमुखमा नेकपा एसबाट मोहन केसीको नाम टुंगिएको बताईएको छ । ‘प्रमुख र उपप्रमुखको नाम टुंग्गिसकेको छ, अव निर्वाचन प्रक्रिया पुरा गर्नुपर्ने छ, संयोजक श्रेष्ठले भन्नुभयो ।’

जिल्ला समन्वय समिति चयनका लागि पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षले मतदान गर्न पाउँछन् । रुकुम पूर्वका ३ गाउँपालिका मध्येमा २ वटामा अध्यक्ष उपाध्यक्ष दुवै माओवादीले जितेको छ भने सिस्ने गाउँपालिकामा माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष जितेको छ ।

निर्वाचन तालिका यस्ताे छः

284159018_700589197891201_5065044943262994432_n1653905258.jpg

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update