वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा भाग लिएका रुकुम पूर्वका ३९ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत नल्याउने उम्मेदवारको संख्या ३९ रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ । नेपाली कांगेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाईजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारको धरौटी जफत भएको हो । जिल्ला सबै भन्दा बढी नेपाली कांग्रेसका उम्मेदवारले धरौटी गुमाएका छन् ।
कांग्रेसका १२ जना उम्मेदवारले १० प्रतिशतको सिमा कटाउन सकेनन् । त्यस्तै नेकपा एमालेका ११, राप्रपाका ५, जसपाका ४, स्वतन्त्र ३, मंगोल नेशनल अर्गनाईजेशनका २ र जनमोर्चा र नेमकिपाका १÷१ जना उम्मेदवारको धरौटी फिर्ता भएन् । सबै भन्दा बढी भूमे गाउँपालिकामा १६, सिस्ने गाउँपालिकामा १४ र पुथाउत्तरगंगा गाउँपालिकामा ९ जनाको जमानत गुमेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । जिल्लाका ३ स्थानीय तहमा १ सय ६१ पदका लागि ३ सय ८५ जनाले प्रतिस्पर्धा गरेका थिए ।