Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्नेका दुई विद्यालयकाे अनुगमन

रुकुम पुर्वको सिस्ने गाउँपालिकाले वडा नम्बर ६ मा रहेको सृजना आधारभुत विद्यालय उखुबारी र नव बिहानी आधारभुत विद्यालयमा अनुगमन  तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका आर्थिक वर्ष २०७९/०८० मा शिक्षालाई पहिलो प्राथमिकता राखेर नीति तथा बजेट पास गरेसङ्गै समग्र गाउँपालिका शैक्षिक तथा भौतिक सुधारको अवस्था विद्यालयमा देखिएका समस्या बारे जानकारी लिन आज गाउँपालिका टोलिद्वारा  विद्यालयको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा  विद्यालयका शिक्षकहरुले विभिन्न किसिमका तालिम लगायत प्रयाप्त शैक्षिक सामाग्रीको माग  राखेका छन । समय समयमा यसरी अनुगमनमा आएर सल्लाह सुझाव सङ्गै भएका कमिकमजोरी औल्याएदिएमा सुधार गर्न सहज हुने बताएका छन । त्यस्तै नव बिहानी आधारभूत विद्यालय कोठा भत्किएकोले उक्त भवन मर्मतको लागि विद्यालयले आग्रह गरेको छ । 

विद्यालयमा देखिएका समस्याहरुलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै समस्याको हल गर्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनु भयो । अध्यक्ष रेग्मीले शिक्षा सुधार गर्न गाउँपालिकाको पहिलो प्राथमिकता भएकोले विद्यालयमा देखिएका समस्यलाई  गाउँपालिका र विद्यालय समन्वय गरेर हल गर्दै जाने बताउनुभयो । जग बलियो भएमा मात्रै घर बलियो हुने भन्दै शिशु कक्षा देखिनै बालबालिकाको मनोविज्ञान बुझेर बालबालिकाहरुलाई अध्यापन गराउन शिक्षकहरुलाई आग्रह गर्दै अध्यक्ष रेग्मीले शिक्षक  पेशा जागिर मात्रै नभइ सामाजिक उत्तरदायित्व भएको पनि बताउनुभयो । 

त्यस्तै उपाध्यक्ष गोपाल रेउलेले आफूपनि पहिले लामो समय विद्यालयमा बालबालिकाहरु सङ्ग रहेको अनुभव सुनाउदै शैक्षिक सङ्गै व्यावहारिक ज्ञानहरु सिकाउनुपर्ने बताउनुभयो । बालबालिकाहरुलाई सरसफाइ, बोलचाली र लवाई खवाई लगायत हरेक कुराको ज्ञान सिकाउन आग्रह गर्दै हरेक शिक्षकले मैले गर्नुपर्ने जिम्मेवारी केहो भनेर बुझ्न जरुरी  रहेको बताउनुभयो ।

विद्यालायमा अध्ययनरत ससम्पुर्ण बालबालिकाहरुलाई शिक्षकहरुले सक्रिय भएर आफ्नै छोराछोरी सम्झेर अध्यापन गराउनुपर्ने बताउनुभयो ।  त्यस्तै गाउँपालिका शिक्षा युवा तथा खेलकुद साखा प्रमुख मङ्गलसिङ बुढाले शिक्षकहरुलाई नियमित उपस्थित हुन र नियमित हाजिर लगाउन सुझाव दिनुभएको छ । अनुगमनका क्रममा ६ नम्बर वडाका अध्यक्ष पुर्णजङ मल्ल लगायतको उपस्थित रहेको थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update