Top Navigation
शुक्रबार, असोज १२, २०८० ०६:४३:११
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शुक्रबार, असोज १२, २०८० ०६:४३:११
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #राजकुमार मगर
  • #दार्मा गाउँपालिका
  • #अवैध संरचना हटाउन निर्देशन
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • मुसीकोटका उपप्रमुखले बसाले कार्यपालिका बैठक, योजना सम्झौता लगायतका काम नगर्न निर्देशन 
मुसीकोटका उपप्रमुखले बसाले कार्यपालिका बैठक, योजना सम्झौता लगायतका काम नगर्न निर्देशन 
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, असोज ३, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
Musikot.jpg

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुख सहित असन्तुष्ट बुहमत कार्यपालिका सदस्य सम्मिलित नगर कार्यपालिका बैठक बसेको छ । नगर उपप्रमुख विमलकुमार पुनको अध्यक्षतामा असन्तुष्ट १७ जना कार्यपालिका सदस्यहरु सम्मिलित बैठक बसेको हो । भाद्र ३० गते बसेको बैठकले विभिन्न काम अगाडी नबढाउन प्रमुख प्रशासकीय अधिकृत र सबै शाखाहरुलाई निर्देशन दिएको छ । 

लामो समयदेखि नगर कार्यपालिका बैठक बस्न नसकेको अवस्थामा नगरकार्यपालिका वैठक वसी सहज रुपमा नगरको कामकाज गर्ने वातावरणको सृजना नभएसम्मका लागि विभिन्न कामकाजहरु अगाडी नबढाउन बैठकले निर्देशन दिएको हो । बैठकले रोतो कितावमा समावेश योजनाहरुको सम्झौता नगर्न र कुनैपनि टेण्डरहरुको सूचना प्रकाशन तथा सम्झौता नगर्न भनेको छ । 

त्यस्तै नगरपालिकामा कर्मचारीहरुको सरुवाको लागि सहमति तथा अनुमति दिने तथा बढुवा नगर्न, कुनैपनि प्रकारको भुक्तानी नगर्न र हाल नगरकार्यपालिकाको कार्यालय भित्र विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुको जिम्मेवारी परिवर्तन नगर्न पनि वहुमत कार्यपालिका सदस्य सम्मिलित बैठकले प्रमुख प्रशासकीय अधिकृत र नगरभित्रका सम्पूर्ण शाखाहरुलाई निर्देशन दिएको छ । 

यता नगर प्रमुख महेन्द्र केसीले भने यो वैठक अवैधानिक रहेको र यसको कुनै तुक नरहेको बताउनुभयो । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नगरकार्यपालिका बैठक बोलाउने, बैठकका एजेण्डा प्रस्ताव गर्ने अधिकार नगर प्रमुखको रहेको र नगर उपप्रमुखको अध्यक्षतामा कार्यपालिका बैठक वस्ने व्यवस्था कतै नभएकोले यो बैठकको कुनै तुक नरहेको उहाँले बताउनुभयो । 

एउटा समुह विधिको शासनभन्दा बाहिर गएर उपध्रो मच्चाइरहेको उहाँको भनाई छ । उपप्रमुख सहित बहुमत कार्यपालिका सदस्यहरुले लगातार माग गरेपछि मुसीकोट नगरकार्यपालिकाको पछिल्लो बैठक भाद्र २९ गते बसेको थियो । तर उक्त वैठक विना निष्कर्ष स्थगित भएको थियो । बहुमत कार्यपालिका सदस्यहरुले आफुहरुले नगरप्रमुखलाई कार्यपालिका बैठकको माग गर्दा बुझाएका एजेण्डा समावेश नभएको भन्दै बैठकको सुरुमै विरोध जनाएका थिए । 

चर्काचर्कीपछि हात हालाहालसम्मको अवस्था सृजना हुनसक्ने देखिएपछि बैठक स्थगित गर्नुपरेको नगर प्रमुख केसीले बताउनुभयो । तर नगर उपप्रमुख विमलकुमार पुनले भने बैठकमा छलफल चलिरहेको बेला नगर प्रमुख बैठक स्थगित भयो भनेर हिडेको बताउनुभयो । महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बैठक स्थगित भयो भनेर नगर प्रमुख गएपछि आफ्नो अध्यक्षतामा वहुमत सदस्यहरुको बैठक बसेको उहाँले बताउनुभयो । 

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार महिनामा कम्तिमा एक पटक बैठक बस्नुपर्ने व्यवस्था रहेको तर नयाँ आर्थिक वर्ष सुरु भएको तीन महिनासम्म पनि बैठक नबोलाएपछि आफुहरुले बाध्य भएर बैठक डाक्न नगर प्रमुखलाई आग्रह गरेको उहाँले बताउनुभयो । उक्त आग्रह अनुसार भाद्र २९ गते बैठक बसेपनि विचमै बैठक स्थगित गरेपछि अवस्था सामान्य नहुँदासम्म महत्वपूर्ण कामहरु नगर्न आफुहरुले प्रमुख प्रशासकीय अधिकृत र शाखाहरुलाई आग्रह गरेको उहाँको भनाई छ । 

मुसीकोट नगरपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रको बहुमत छ । नगरपालिकामा सुरुबाट नै एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोपको सिलसिला चलिरहेको छ । जसका कारण नगरका महत्वपूर्ण नीतिगत तथा प्रशासनिक कामकाजमा असर परेको छ । 
 


प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १६:३६
कृषि कृषि
#मुसीकाेटमा जनप्रतिनिधिकाे लडाइँ
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्