Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:१८:३३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:१८:३३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
वडा
  • Home
  • वडा
  • आठबीसकोट ५ मा ४ वटा कृषि उपज संकलन केन्द्र बन्दै
आठबीसकोट ५ मा ४ वटा कृषि उपज संकलन केन्द्र बन्दै
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, पुस २५, २०७९
आठबीसकोट नगरपालिका ५ को रिम्का गाउँ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ५ मा ४ वटा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने गरी वडाले तयारी थालेको छ । वडाका ४ वटा टोलमा कृषि उपज संकलन केन्द्र बनाई वडाको उत्पादनलाई बजार पुर्याउने गरी वडाले तयारी गरिरहेको छ । 

वडाको गैरीपातल, थापागाउँ, रिम्का र मिग्रीमा गरी ४ ठाउँमा कृषि उपज संकलन केन्द्र निर्माण हुन लागेको वडाध्यक्ष घनश्याम भण्डारीले जानकारी दिनुभयो । संकलन केन्द्रका लागि जग्गा खरिद गर्न यो वर्ष ८ लाख बजेट रहेको उहाँको भनाई छ । ५ वर्षको अवधिमा ४ वटा संकलन केन्द्र निर्माण गर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार यो वर्ष भने एउटा संकलन केन्द्र बन्न लागेको छ । गैरीपातलमा कृषि उपज संकलन केन्द्रका लागि जग्गा खरिद भइसकेको वडाध्यक्ष भण्डारीले बताउनुभयो । संकलन केन्द्रको भवन निर्माणका लागि समेत बजेट आइसकेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारबाट कृषि तथा जडिबुटी वहुउद्देश्यीय अनुसन्धान केन्द्र शिर्षक अन्तर्गत नगरपालिकामा प्राप्त बजेट मध्येको ४५ लाख बजेट भवन निर्माणका लागि विनियोजन भएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । यो बजेटबाट यसै वर्ष संकलन केन्द्रको भवन निर्माण हुने उहाँले बताउनुभयो । 

गाउँमा उत्पादन भएका स्याउ, किवी लगायतका फलफूल, ताजा तरकारी र दुध लगायतका कृषि उपजहरु संकलन गर्ने र उक्त उपजलाई बजारसम्म पुर्याउने गरी संकलन केन्द्र निर्माण हुन लागेको हो । 

महाेत्सव

वडाध्यक्ष भण्डारीका अनुसार वडामा उत्पादन भएका सबै कृषि उपज संकलन केन्द्रमा जम्मा हुने र उक्त वस्तु नगरपालिकाको गाडीले बजारसम्म पुर्याउने छ । यसका लागि नगरपालिकाले गाडीको समेत व्यवस्था गरिसकेको छ ।
 


प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १३:५८
#कृषि उपज संकलन केन्द्र #आठबीसकोट ५
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्