Top Navigation
मंगलबार, चैत ७, २०७९ ०१:०७:२८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ ०१:०७:२९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
वडा
  • Home
  • वडा
  • शैक्षिक सुधारका लागि विद्यार्थीको सिकाई उपलब्धिको मुल्यांकन 
शैक्षिक सुधारका लागि विद्यार्थीको सिकाई उपलब्धिको मुल्यांकन  शिक्षक, विद्यार्थी तथा अभिभावकमा उत्प्रेरना जगाएर वडाको शैक्षिक अवस्था सुधार गर्न यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास ।
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, माघ १४, २०७९
विद्यार्थीको सिकाई उपलब्धि मुल्यांकनका लागि संचालन गरिएको परीक्षामा सहभागी विद्यार्थी ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० ले शैक्षिक सुधारलाई प्राथमिकतामा राख्दै विद्यार्थीको सिकाई उपलब्धिको मुल्यांकन गरिरहेको छ । जसअनुसार वडाले विषय विज्ञ सदस्य रहने गरी ४ सदस्यीय शैक्षिक सुधार समिति बनाएको छ । जसमा नेपाली, अंग्रेजी, गणित र बिज्ञान विषय शिक्षक छन् । 

शैक्षिक सुधारका लागि वडाले सिकाई उपलब्धिलाई प्राथमिकतामा राखेको हो । वस्तुगत अध्यन र छलफलाई वडाले तिव्रता दिएको छ । सिकाई उपलब्धि बढाउने प्रयास अन्तर्गत शुक्रबार वडाका तीन वटा विद्यालयका विद्यार्थीको आधार उपलब्धि परीक्षण गरिएको छ । वडाका तीन विद्यालयका ८४ जना विद्यार्थी परीक्षामा सामेल भएका छन् ।  
 
मालिका मावि चुनको कक्षा ३, ५ र ८, जनता आधारभूत विद्यालय गलम्पाटीको कक्षा ३ र ५ तथा शान्ति नमूना आधारभूत विद्यालय डेल्डाँडाको कक्षा ३ र ५ मा अध्यनरत विद्यार्थीका विचमा परीक्षा सञ्चालन गरिएको छ । यसबाट विद्यार्थीको सिकाई उपलब्धि कस्तो छ भनेर पत्ता लाग्ने वडाध्यक्ष धनबहादुर खड्का बसन्तले बताउनुभयो ।

327147172_604107481555600_7426465233516757653_n1674903354.jpg
परीक्षामा सहभागी विद्यार्थी ।

उहाँका अनुसार शैक्षिक सुधार सहयोग समूहले परीक्षा फल निकालेर त्यसको विश्लेषण गर्ने छ भने त्यसका आधारमा प्रतिवेदन तयार पार्ने छ । त्यसपछि वडा कार्यालय, तीन वटै विद्यालय व्यवस्थापन समिति र शिक्षक, स्थानीय राजनीतिक दल, टोल बिकास संस्था लगायतसंग अन्तरक्रिया गर्ने वडाध्यक्ष खड्काले बताउनुभयो । 

अन्तरक्रियाबाट शैक्षिक सुधारका लागी वडा कार्यालय, विद्यालय प्रशासन तथा व्यवस्थापन समिति, समुदायस्तरबाट अभिभावक र विद्यार्थीहरुले अनिवार्य गर्नु पर्ने सम्भावित काम तथा पुरा गर्नुपर्ने कर्तव्य सहितको आचारसंहिता बनायर कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो । 

यसका लागि वडाले सरोकारवाला निकाय सबैको सहयोग र साथको अपेक्षा समेत गरेको छ । वडाले गठन गरेको शैक्षिक सुधार समितिमा नेपाली विषय शिक्षक मुकुन्दप्रसाद शर्मा, गणित विषय शिक्षक दिपक लामिछाने, अंग्रेजी विषय शिक्षक शेरबहादुर खड्का र विज्ञान विषय शिक्षक तिलक खड्का विज्ञ सदस्यका रुपमा रहनुभएको छ । 

327714372_1376487479762669_7624660087379420678_n1674903379.jpg
विज्ञ शिक्षक, शिक्षक, जनप्रतिनिधि र विव्यस विचकाे छलफल ।

शैक्षिक विकासका लागि यो कार्यक्रम नमूना रहेको अंग्रेजि विषय शिक्षक शेरबहादुर खड्काले बताउनुभयो । विद्यार्थीको सिकाई उपलब्धी कस्तो छ भनेर थाहा पाउने र त्यसका आधारमा आगामी कार्यक्रम बनाउन सहज हुने भएकोले यो कार्यक्रम महत्वपूर्ण रहको उहाँको भनाई छ । 

विद्यार्थीको स्तर कस्तो छ, पाठ्यक्रम अनुसार उपलब्धि छ कि छैन् भनेर मुल्यांकन हुने र यसका आधारमा शिक्षक, विद्यार्थी, अभिभावकलाई कोच गर्न सहज हुने उहाँको विश्वास छ । कक्षा ३, ५ र ८ मा अध्यनरत विद्यार्थीको राष्ट्रिय रुपमै उपलब्धि मापन गर्ने अभ्यास रहेको पनि उहाँले बताउनुभयो । 

विद्यार्थीले दिएको परीक्षाका आधारमा विद्यार्थीको सिकाई उपलब्धिको वास्तविक अवस्था पत्ता लाग्ने र यसको समिक्षा सहित शैक्षिक सुधारका लागि शिक्षक, विद्यालय, अभिभावक, स्वयं विद्यार्थी तथा वडाले गर्नुपर्ने कामका बारेमा सुझाव सहितको प्रतिवेदन तयारी पारी बुझाउने नेपाली शिक्षक मुकुन्दप्रसाद शर्माले बताउनुभयो ।

महाेत्सव
327592185_3338317616382347_1211891492065904965_n1674903518.jpg
परीक्षामा सहभागी विद्यार्थी ।

शिक्षकहरुका लागि मागमा आधारित तालिम लगायतका कार्यक्रम संचालन गर्न सहज हुनका साथै अभिभावक शिक्षाका लागि पनि यो कार्यक्रमले भूमिका खेल्ने उहाँको विश्वास छ । शिक्षक, विद्यार्थी तथा अभिभावकमा उत्प्रेरना जगाएर वडाको शैक्षिक अवस्था सुधार गर्न यो कार्यक्रम कोशेढुंगा सावित हुने उहाँले बताउनुभयो ।


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १६:३७
#मुसिकाेट १० #शैक्षिक सुधारका लागि वडाकाे पहल #विद्यार्थीको सिकाई उपलब्धिको मुल्यांकन
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्