
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक सार्वजनिक सुनुवाई भएकाे हो । गाउँपालिकाकाे सभाहलमा मंगलबार सार्वजनिक सुनुवाई सम्पन्न भयाे । त्यसक्रममा गाउँपालिकाकाे हालसम्मकाे वित्तिय प्रगती सार्वजनिक गरिएकाे थियाे ।
जसअनुसार चालु खर्च अन्तर्गत कुल ४१ करोड ७७ लाख ३२ हजार ८ सय ५३ रुपैयाँ बजेट मध्य १४ करोड ९३ लाख ९० हजार ८ सय ७२ रुपैयाँ खर्च भएको छ । उक्त खर्च कुल बजेटकाे ३५ दशमलव ७६ प्रतिशत रहेकाे गाउँपालिकाले जनाएकाे छ । चाल तर्फकाे २६ करोड ८३ लाख ४१ हजार नौ सय ८० रुपैयाँ बजेट खर्च हुन बाँकी छ ।
यस्तै पुँजीगत तर्फको कुल १६ करोड ११ लाख ८३ हजार ६९ रुपैयाँ मध्य २ करोड ३३ लाख ६१ हजार ८ सय ४५ रुपैयाँ खर्च भएकाे गाउँपालिकाले देखाएको छ । याे कुल बजेटकाे १४ दशमलव ४९ प्रतिशत हाे । पुँजीगत तर्फकाे १३ करोड ७८ लाख २१ हजार २ सय २४ रुपैयाँ खर्च हुन बाँकी छ । गाउँपालिकाकाे चालु आर्थिक वर्ष २०७९/०८० काे कुल ५७ करोड ८९ लाख १५ हजार नौ सय २२ रुपैयाँ हाे ।
गाउँपालिका अध्यक्ष जनककुमार बाँठाको अध्यक्षतामा सार्वजनिक सुनुवाई भएकाे हाे । गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली, सबै वडाका अध्यक्ष, विभिन्न दलिय प्रतिनिधि तथा गाउँपालिकावासीकाे उपस्थिति रहेको थियो ।