Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:५८:३८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:५८:३८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
समाज
  • Home
  • समाज
  • रुकुम पूर्वमा वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन
रुकुम पूर्वमा वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, फागुन १०, २०७९
भूमे–६ वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्दै । 

राष्ट्रिय परिचयपत्रका लागि अब जिल्ला प्रशासन कार्यालय धाइरहनु नपर्ने भएको छ । नागरिकताको विकल्पमा वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्रका लागि जिल्लाको ३१ वटै वडा कार्यालयबाट विवरण सङ्कलन गरिने भएको हो । जसमा जिल्लाको भूमे गाउँपालिकामा यही फागुन ५ गते देखि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्य सुरु गरिएको छ । 


नागरिकता प्राप्त गरेका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्य भूमे गाउँपालिकाबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । तीन गाउँपालिका रहेको यस जिल्लामा बाँकी दुई गाउँपालिका पुथाउत्तरगङ्गा र सिस्नेका वडाबाट पनि छिट्टै दर्ता कार्य सुरु गरिने प्रमुख जिल्ला अधिकारी सुनुवारको भनाइ रहेको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र स्थानीय सरकारको समन्वयमा जिल्लाका प्रत्येक वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य सुरु गरिएको सुनुवारको भनाइ रहेको छ । 


राहदानी बनाउनेका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यसअघि जिल्ला प्रशासन कार्यालयमा विवरण टिपाउन सेवाग्राही लाइनबद्ध हुनुपर्ने बाध्यता थियो । राहदानी बनाउने र नयाँ नागरिकता लिनेहरूले यसअघि विवरण टिपाउनकै लागि सास्ती भोग्दै आएका थिए । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीले सास्ती खेप्दै आएपछि रहेक वडाबाटै विवरण दर्ताको कार्य सञ्चालन गरिएको प्रजिअ सुनुवारले बताउनुभयो । 


हरेक वडामा दुई जना अपरेटर, रुजु गर्ने अधिकारी र एक जना दर्ता सहयोगी विवरण संकलनका लागि कर्मचारी खटिएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो । नागरिकता प्राप्त गरेका नागरिकले राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि आवश्यक कागजात सहित वडा कार्यालय जान गाउँपालिकाले नागरिकलाई आग्रह गरेको छ । नागरिकता प्राप्त गरेका नागरिकको विवरण दर्ता कार्य नसकिदा सम्म वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य जारी रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो । 
 


प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्