Kakhara सबैको खबर सम्पूर्ण खबर
गाउँबाटै अदुवा बिक्रि, कृषक हर्षित 
वडाबाट निर्यात हुन लागेकाे अदुवा ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर  १० चुनको खड्का टोलमा उत्पादन भएको २७ क्विन्टल अदुवा गाउँबाट बिक्रि भएको छ । वडा सरकारको पहलमा खड्का टोलका १४ जना किसानले उत्पादन गरेको २७ क्विन्टल अदुवा वडाबाटै विक्रि भएको हो । दाङका व्यापारीले वडामै  आएर अदुवा खरिद गरेको वडा कार्यालयले जनाएको छ ।

वडाबाटै प्रति किलो ४८ रुपैयाँका दरले अदुवा बिक्रि भएको वडाध्यक्ष धनबहादुुर खड्का बसन्तले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना किसानले ५ देखि ७ क्विन्टलसम्म अदुवा विक्री गरेका छन् । पहिलो चरणमा वडाका ६ जना किसानले उत्पादन गरेको २७ क्विन्टल अदुवा बिक्रि भएको छ । भने दोस्रो चरणमा ८ जना किसानले उत्पादन गरेको ७३ क्विन्टल अदुवा बिक्री हुने छ ।
 
दाङका व्यापारीले वडा नम्बर १० को खड्का टोलबाट करिव १ सय क्विन्टल अदुवा खरिद गरेर लैजाने  छन् । वडाबाट एक सय क्विन्टल अदुवा विक्री हुदाँ वडामा ४ लाख ४८ हजार रकम भित्रिने छ । १ क्विन्टलको ४ हजार ८ सय रुपैयाँमा वडाबाटै अदुवा बिक्रि हुदाँ किसानले खुसी व्यक्त गरेका  छन् । किसानलाई बजारको समस्या नहोस भनेर वडा कार्यालयले व्यापारीहरुलाई वडामै लिएको हो । वडाध्यक्ष खड्काका अनुुसार वडाले यसअघि किसानले उत्पादन गरेका सुन्तला पनि वडाबाटै विक्रि गरिदिएको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update