Top Navigation
आइतबार, असोज ७, २०८० ०३:२२:२२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:२२:२२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
वडा
  • Home
  • वडा
  • विद्यालय भर्नाको निम्तो दिन घरदैलो 
विद्यालय भर्नाको निम्तो दिन घरदैलो  शतप्रतिशत बालबालिकालाई विद्यालय भर्ना गर्ने उदे्श्य ।
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, वैशाख ९, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
घरदैलाे अभियान

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा बालबालिकालाई भर्नाको निम्तो दिन घरदैलो अभियान थालिएको छ । वडाले घर घरमै पुगेर बालबालिकालाई विद्यालय भर्नाको निम्तो दिइरहेको छ । शतप्रतिशत बालबालिकालाई विद्यालय भर्ना गर्ने र अभिभावकलाई जिम्मेवार बनाउने उदे्श्यले घरदैलो थालिएको वडाध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले जानकारी दिनुभयो । 

विद्यालय उमेर समुहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउनका लागि जनप्रतिनिधि, शिक्षक, टोल विकास संस्था लगायतलाई परिचालन गरिएको उहाँले बताउनुभयो । टोलीले घरघरमा पुगेर बालबालिकालाई अनिवार्य रुपमा विद्यालय भर्ना गर्नका लागि निम्तो दिइरहेको छ । वडाका सबै टोलमा टोली पुग्ने वडाध्यक्ष खड्काले बताउनुभयो । 

उहाँका अनुसार विद्यालय उमेरका कोही पनि बालबालिका नछुटुन भन्ने उदे्श्य राखिएको छ । त्यस्तै अभिभभावकलाई जिम्मेवार बनाउन टाेलीले पहल गरिरहेकाे छ । बालबालिकालाई नियमित विद्यालय पठाउन, सरसफाई तथा पाेषणमा ध्यान दिन, गृहकार्य तथा घरमा पढ्ने वातावरण विकास गर्न, आफ्ना छाेरा छाेरीकाे पढाईमा ध्यान दिन, अभिभावक भेला लगायत विद्यालयका कार्यक्रममा चासाे दिन र सहभागी हुन अभभावकलाई सचेत बनाउने काम भइरहेकाे वडाध्यक्ष खड्काले बताउनुभयाे । 

अभिभावक जिम्मेवार नभएसम्म शैक्षिक सुधारमा टेवा नपुग्ने भएकाेले अभिभावकलाई जिम्मेवार बनाउने प्रयास भइरहेकाे बताइएकाे छ । अहिले वडाले दुई वटा टोली परिचालन गरेको छ । जिल्ला समन्वय समिति सदस्य मिना बिक, मालिका माध्यमिक विद्याललयका शिक्षक गोपाल खड्का, जोखबहादुर कठायत, शान्ति नमुना आधारभुत विद्यालयका प्रधानाध्यापक सीता खड्का लगायतको टोलीले कामी बुढा टोलमा शुक्रबार घरदैलाे गरेकाे छ । 

त्यस्तै अर्को टोली नमुना वस्तीमा खटिएको थियाे । उक्त टोलीमा वडा सदस्य अनिराम कठायत, मालिका माध्यमिक विद्यालयका शिक्षक मिना कठायत, कविता बिस्ट, नमुना टोल बिकास संस्थाका संयोजक शशिराम सुनार लगायत रहनुभएको छ । यि दुई टाेलीले भाेली आइतवार खड्का टोल र गलम्पाटी टोल र १२ गते राेल्पाकाे परिवर्तन गाउँपालिका ४ हलहले त्रिवेणी २ गैरीनेटामा घरदैलाे गर्ने छन् ।

वडाले शैक्षिक सुधार अभिबृद्धि योजना समेत निर्माण गरेको छ । अव सोही अनुसार वडाको शैक्षिक अभिबृद्धि विकासमा लाग्ने वडाध्यक्ष खड्काले बताउनुभयो ।   


प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १०:२९
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्