Top Navigation
आइतबार, असोज ७, २०८० ०५:२०:२५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०५:२०:२५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • गाउँ-गाउँमा पुग्दै, सार्वजनिक सुनुवाइ गर्दैः भूमे
गाउँ-गाउँमा पुग्दै, सार्वजनिक सुनुवाइ गर्दैः भूमे
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, वैशाख २१, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
भूमे-९ चुनबाङमा गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरू । तस्बिरः कखरा ।

स्थानीय सरकारले के काम गर्दै छ, सेवा प्रवाहको अवस्था कस्तो भने चासो सम्बन्धीत स्थानीयलाई लाग्ने स्वाभाविक हो । उक्त चासोलाई सम्बोधन गर्नका लागि स्थानीय सरकारले प्रत्येक चौमासिक वा त्रैमासिकमा सेवाग्राही समक्ष सार्वजनिक सुनुवाइ कार्यक्रम अनिवार्य गर्नु पर्छ । विकास तथा सेवा प्रवाहमा सेवाग्राहीसँगको दोहोरो संवादबाट विकास, सुशासन र सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउने नै सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुको मर्म हो ।


प्रायः स्थानीय सरकारले वार्षिक रूपमा पालिकाकै केन्द्रमा सार्वजनिक सुनुवाइ गर्ने गरेका छन् । तर, जिल्लाको भूमे गाउँपालिकाले प्रत्येक त्रैमासिकमा गाउँ-गाउँमै पुगेर पालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै आएको छ । जस अनुसार आइतबार पालिकाको केन्द्र खाबाङबगर भन्दा टाढा रहेको वडा नम्वर ९ चुनबाङमा गरिएको छ । त्यसैगरी बुधबार वडा नम्बर ६ मैय (महत)मा पुगि सार्वजनिक सुनुवाइ गरिएको हो । 


वडाका नागरिक पालिकाको केन्द्रसम्म नपुग्ने र सबै क्षेत्रका नागरिकको अवस्था बुझ्न नसकिने भन्दै भूमेले गाउँस्तरमै गएर सार्वजनिक सुनुवाइ गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो । गाउँस्तरको अवस्था बुझ्न र थप सल्लाह, सुझाव ग्रहण गरी पालिकाको कार्य सम्पादनलाई चुस्त बनाउने उद्देश्यले गाउँ-गाउँमै पुगि प्रत्येक त्रैमासिकमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । 


गाउँमा पुगि सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दा वडाबासीकै अध्यक्षतामा पालिकाले कार्यक्रम गर्ने गरेको छ । जसमा मुख्य जवाफदेहिताको रूपमा गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ र उपाध्यक्ष सविना बुढा रहनु हुन्छ भने सहायक जवाफदेहितामा प्रमुख प्रशासकीय अधिकृत तथा शाखागत कर्मचारीलाई राख्ने गरिएको छ । यो त्रैमासिकको सेवा प्रवाहमा भूमेको नागरिक अभिमतमा सेवा प्रवाहमा सन्तुष्टको अवस्था ५९.८३ प्रतिशत छ भने २.५६ प्रतिशत असन्तुष्ट छौँ भन्नेहरूको प्रतिक्रिया आएको तथ्याङ्कले देखाएको छ । नागरिक अभिमतमा कर्मचारीको व्यवहारको अवस्था, कार्यालयका सम्पूणर् क्रियाकलापको जानकारी, सेवा प्रवाहमा नागरिकको दायित्व, कार्यसम्पादनको मूल्याङ्कन र वर्तमान कार्य सञ्चालन संरचनाको विषयमा नागरिकबाट अभिमत लिने गरेको गाउँपालिकाले जनाएको छ । 


अभिमत सर्वेक्षणका बुँदामा राम्रो, ठिकठिकै, ठिकै भन्नेहरूको सङ्ख्या बढि रहेको तथ्याङ्कले देखिएको प्रशासन योजना शाखाका प्रमुख प्रेमप्रसाद भट्टराईले बताउनुभयो । सार्वजनिक सुनुवाइमा सहभागिबाट सेवा सुविधाको गुणस्तरता, विकास निर्माणमा थप पारदर्शिता र नियमनको विषयमामा जोड दिनु पर्ने सुझाव दिएका छन् । 
 


प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १९:११
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्