Top Navigation
आइतबार, असोज ७, २०८० ०३:३४:०६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:३४:०६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
वडा
  • Home
  • वडा
  • मुसिकोट ६ को वडा कार्यालय भवन उद्घाटन 
मुसिकोट ६ को वडा कार्यालय भवन उद्घाटन 
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, वैशाख २५, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
वडा कार्यालय भवन उद्घाटन गर्दै जनार्दन शर्मा ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । निर्माण सम्पन्न भएपछि आज प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले रिवन काटेर भवनको उद्घाटन गर्नुभयो । एक कार्यक्रमका विच भवनको उद्घाटन गरिएको वडा कार्यालयले जनाएको छ । कुल ३६ लाख बजेटमा भवन निर्माण भएको हो । भवन दुई तलाको रहेको छ । पहिलो तलामा ४ कोठा र माथिल्लो तलामा बैठक हल तथा शौचालय रहेको वडा सदस्य अनिल बुढाले जानकारी दिनुभयो ।

भवन एडिवि निर्माण सेवा एण्ड सप्लायर्सले निर्माण गरेको हो । उक्त भवन हालको वडा कार्यालय नजिकै भण्डारीकाँडामा रहेको छ ।  भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने वडा सदस्य बुढाको विश्वास छ । अहिले साँघुरो र जिर्ण भवनबाट सेवा दिँदा अप्ठेरो भइरहेकोमा अव भने सहज हुने विश्वास गरिएको छ । उद्घाटन कार्यक्रमको अवसर पारी २ जना जग्गादातालाई सम्मान पनि गरिएको छ । भवन निर्माणका लागि स्थानीय प्रेमबहादुर बोहरा र मोहन बोहराले १८ सय वर्गमिटर जग्गा दान गर्नुभएको थियो ।

भवन उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री शर्माले जनताको भावना अनुसार काम गर्न र सहज सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ । भवन निर्माण भएपछि सेवा प्रवाह गर्न सहज हुने विश्वास व्यक्त गर्दै उहाँले जनमुखि भएर काम गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गर्नुभयो । वडाध्यक्ष भानु मल्लको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।

WhatsApp Image 2023-05-08 at 09.02.031683525939.jpg
जग्गादाताहरु ।

कार्यक्रममा प्रदेश सभा सदस्य महेन्द्र केसी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बसन्तकुमार शर्मा, गाेपाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन, आठबीसकोट नगरपालिकाका पूर्व नगर प्रमुख गोर्खबहादुर केसी, सानीभेरी गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर पुन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव युवराज खड्काले गर्नुभएको थियो ।


प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ११:४८
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्