Top Navigation
आइतबार, असोज ७, २०८० ०४:१३:३०
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:१३:३१
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
वडा
  • Home
  • वडा
  • मुसिकोट १२ को १ वर्षः २ सय घरमा खानेपानी, सुत्केरीलाई भत्ता, दीर्घ रोगिलाई स्वास्थ्य बीमा  
मुसिकोट १२ को १ वर्षः २ सय घरमा खानेपानी, सुत्केरीलाई भत्ता, दीर्घ रोगिलाई स्वास्थ्य बीमा   जनप्रतिनिधिका एक वर्ष ।
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, जेठ २०, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ ले १ वर्षमा २ हजार बढीलाई सेवा दिएको छ । नयाँ जनप्रतिनिधि निर्वाचित भएदेखि हालसम्म १ वर्षको अवधिमा वडाले २ हजार २ सय ३० जना वडावासीलाई विभिन्न सेवा प्रदान गरेको हो । नयाँ जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा वडाले १ वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । १ बर्षको अवधिमा वडा भित्र ६ किलोमिटर सडकको स्तरोन्नति गरिएको प्रगति विवरण उल्लेख छ ।

वडाले ३ किलोमिटर नयाँ सडक निर्माण गर्नुका साथै १.६ किलोमिटर पिसीसी गोरेटो बाटो, र ६.५ किलोमिटर गोरेटो बाटो निर्माण गरेको छ । यो अवधिमा १ सय ९० घरधुरीमा खानेपानी पुर्याउन सफल भएको वडाध्यक्ष धिरन शिर्पालीले बताउनुभयो । उहाँका अनुसार १ वर्षमा ९१ घरधुरीलाई सिँचाईको सुविधा पुर्याइएको छ । शैक्षिक पुर्वाधार अन्तर्गत ११ वटा पक्की कक्षा कोठा भएका ४ वटा विद्यालय भवन निर्माण भएको अध्यक्ष शिर्पालीको भनाई छ ।

चार वटा सामुदायिक भवन, चार वटा सार्वजनिक शौचालय, दुई वटा मन्दिर पनि निर्माण गरिएको छ । त्यस्तै वडाध्यक्षको सेवा सुविधाबाट सुत्केरीलाई स्याहार खर्च र दीर्घ रोगीलाई स्वास्थ्य बीमा पनि गरिएको छ । वडाध्यक्ष शिर्पालीका अनुसार १ बर्षको अवधिमा ३१ जना सुत्केरीलाई ३ हजारका दरले सुत्केरी स्याहार खर्च उपलब्ध गराइनुका साथै एक जना मृगौला पीडित र एक जना मुटु रोगिलाई ३ हजार ५ सयका दरले स्वास्थ्य बीमा गरिएको छ  ।

यसका अतिरिक्त वडाले १७ जना मुटु, मृगौला तथा दिर्घरोगीलाई स्वास्थ्य बीमा, कृषि तथा पशुपालनको लागि बीउ बितरण र बीमाको व्यवस्था गरेको १ वर्षको प्रगति विवरणमा उल्लेख छ । वडाले ४७ जना जेष्ठ नागरिक, सहिद तथा विपन्न परिवारलाई सम्मान समेत गरेको छ । यसैविच वडाले यो अवधिमा २ लाख ७९ हजार ४ सय ६८ रुपैयाँ राजस्व संकलन गरेको वडाध्यक्ष शिर्पालीले बताउनुभयो ।


प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १२:२७
कृषि कृषि
#जनप्रतिनिधिका एक वर्ष
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्