Top Navigation
आइतबार, असोज ७, २०८० ०४:०१:४२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:०१:४२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #पितिवाङ खेला
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • ‘स्थानीय सरकार माग्ने, संघ र प्रदेश दिने जस्तो भएको छ’ (भिडिओ सहित)
‘स्थानीय सरकार माग्ने, संघ र प्रदेश दिने जस्तो भएको छ’ (भिडिओ सहित) जनताका अपेक्षाहरु साना छन् । साना साना अपेक्षाहरु पनि पुरा नहुँदा स्थानीय सरकारप्रति जनताको अविश्वास बढ्दो क्रममा रहेको देखिन्छ ।
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, जेठ २४, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

'बजेटका सम्बन्धमा भने स्थानीय तह अन्य सरकारकै भर पर्नुपर्ने बाध्यता रहेको छ । स्थानीय सरकार माग्ने, प्रदेश सरकार र संघीय सरकार दिने जस्ता बनेका छन् ।'
'हामी यो १ वर्षे अवधिलाई हेरेर सन्तुष्ट छौं । तर यतिले पुग्यो भन्ने होइन । यो रफ्तारलाई तब बढाउनु त छ ।'
'८० प्रतिशत बढी घरमा खानेपानी पुगेको छ । ५ युनिटसम्म निःशुल्क गरेका छौं ।' 
'१२ सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएका छौं ।' 

स्थानीय तहको दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरु निर्वाचित भएको १ वर्ष पुरा भएको छ । २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले १ वर्षे अवधि पुरा गरेका छन् । यसरी निर्वाचित हुने केही जनप्रतिनिधि अघिल्लो कार्यकाल पुरा गरेर पनि दोहोरिएका छन् भने अधिकांश नयाँ छन् । पहिलो कार्यकालका लागि निर्वाचित भएका जनप्रतिनिधिलाई स्थानीय तहको अभ्यास बिल्कुल नयाँ भएपनि हाल निर्वाचित भएका जनप्रतिनिधिलाई भने केही सजिलो देखिन्छ । नयाँ जनप्रतिनिधिको एक वर्ष अवधिलाई समिक्षा गर्ने गरी हामीले जनप्रतिनिधिको १ वर्ष नामक श्रृंखलाको सुरुवात गरेका छौं । यस श्रृंखलाको पहिलो अंकमा हामीसंग हुनुहुन्छ चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी । हामीले उहाँसंग चौरजहारी नगरपालिकाले १ वर्षमा गरेका काम, आगामी योजना, नगरपालिकाको प्रमुख प्राथमिकता, समस्या तथा चुनौतिका विषयमा संवाद गरेका छौं । उक्त संवादको संपादित अंश यहाँ प्रस्तुत गरेका छौं............... 

जनताका अपेक्षाहरु साना छन् । साना साना अपेक्षाहरु पनि पुरा नहुँदा स्थानीय सरकारप्रति जनताको अविश्वास बढ्दो क्रममा रहेको देखिन्छ । हामी मुलत् उक्त अपेक्षाहरुलाई कसरी हल गर्न सकिन्छ भनेर नै लागि परेका छौं । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार विचमा तालमेलको समेत समस्या देखिएको छ । तीन वटै सरकारले एउटै क्षेत्रमा लगानी गर्दा दोहोरोपनाको समस्या देखिन्छ । अझै पनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले गर्ने कामको स्पस्ट बाँडफाँड भइरहेको देखिदैन । मलाई लाग्छ यसमा तत्कालै सुधार हुन आवश्यक छ । हामीले गर्ने काममा दोहोरोपना नहोस भनेर हामी सतर्क छौं । स्थानीय सरकार जनतासंग प्रत्यक्ष जोडिएकोले बढी आलोचित भइरहेको जस्तो लाग्छ । यो स्वभाविक पनि हो । धेरै आश गरेकाले साना साना काम नहुँदाखेरी जनता रिसाउनु, गाली गर्नु स्वभाविक जस्तो लाग्छ । तर जन गुनासा काम गर्नका लागि हामी चनाखो भने हुनुपर्छ । 

स्थानीय सरकार माग्ने जस्ता भए 
अहिलेको संघीय व्यवस्था अनुसार तीन तहका सरकारहरु रहेका छन् । सबैभन्दा नजिकको र महत्वपूर्ण सरकारका रुपमा स्थानीय तहहरु रहेका छन् । स्थानीय तहहरु स्वायत्त हुन् । तर बजेटका सम्बन्धमा भने स्थानीय तह अन्य सरकारकै भर पर्नुपर्ने बाध्यता रहेको छ । स्थानीय सरकार माग्ने, प्रदेश सरकार र संघीय सरकार दिने जस्ता बनेका छन् । यो राम्रो होइन । यसमा सुधार हुन आवश्यक छ । संघ र प्रदेशले बेला बेलामा बजेट रोक्दा वा घटाउदा समस्या भइरहेको उहाँको भनाई छ । स्थानीय सरकारसंग ठूला स्रोतहरु नहुँदा समस्या भएको छ । 

IMG_95881686128118.jpg

एक वर्षे कामप्रति सन्तुष्ट छौं 
अघिल्लो सरकारले सुरु गरेका कामहरुलाई निरन्तरता दिएका छौं । अझ अघिल्लो सरकारकै जगमा काम गरिरहेका छौं भन्दा फरक पर्दैन । जसले गर्दा विकास निर्माण विचमै अलपत्र पर्ने अवस्था छैन् । केही योजनाहरुलाई नयाँ रुपमा सुरु गरेका छौं । जनताका आवश्यकताहरु असिमित छन् तर बजेटको सीमा छ । त्यसकारण जनताले भनेका वा मागेका जति सबै योजनामा एकै चोटी काम गर्ने अवस्था छैन् । तर हामी प्राथमिकताका आधारमा काम गरिरहेका छौं । ५ वर्षे कार्यकालको १ वर्षे अवधिमा जति काम भएका छन् ति सन्तोष गर्न लायक छन् । हामी यो १ वर्षे अवधिलाई हेरेर सन्तुष्ट छौं । तर यतिले पुग्यो भन्ने होइन । यो रफ्तारलाई तब बढाउनु त छ । चिन्ता गरिहाल्ने अवस्था छैन् । 

८० प्रतिशत बढी घरमा खानेपानी 
चौरजहारीमा खानेपानीको हाहाकार थियो । स्थानीय तह बनेपछि यसतर्फ ध्यान गयो । यसअघिको सरकारले घर घरमा खानेपानी पुर्याउने गरी कामको थालनी गर्यो । त्यसलाई हामीले पनि निरन्तरता दिएका छौं । अहिले चौरजहारीका ८० प्रतिशत घरमा एक घर एक धारा पुगेको छ । धेरै ठाउँमा लिफ्ट प्रविधिबाट पानी पुर्याएका छौं । अव १५ देखि २० प्रतिशत घरमा मात्र खानेपानीको धारा पुग्न बाँकी छ । बाँकी रहेको काम हामी छिट्टै पुरा गर्ने गरी लागिपरेका छौं । केही खानेपानीका योजनाहरु निर्माणाधिन अवस्थामा रहेकोले छिट्टै नपुगेका घरहरुमा पनि खानेपानी पुग्ने छ । खानेपानीकै लागि करोडौं लगानी भइसकेको छ । 

५ युनिटसम्मको बिजुली निशुल्क 
हामीले खानेपानीको पहुँच मात्र विस्तार गरेका छैनौं । सहज व्यवस्थापन पनि गरिरहेका छौं । सबै नगरवासी पैसा तिरेर खानेपानी प्रयोग गर्न सक्ने अवस्थामा छैनन् । यसलाई मध्यनजर गर्दै पानीमा सहुलियतको व्यवस्था गरेका छौैं । नगरभरमा ५ युनिटसम्मको खानेपानी निःशुल्क गरेका छौं । यसले गर्दा नगरवासीलाई सहज भएको छ । 

१२ सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा 
स्वास्थ्य क्षेत्रमा पनि लगानी बृद्धि गरेका छौं । गाउँ गाउँमा स्वास्थ्य संस्थाहरु थपिएका छन् । अस्पताल विस्तार भएका छन् । गाउँमै डाक्टरबाट सेवा पाउने अवस्था भएको छ । विपन्न नगरवासीका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेका छौं । कोही पनि नगरवासी आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित नहोस भन्ने उदे्श्यका साथ काममा छौं । यो वर्ष नगरभरका १२ सय परिवारको निःशुल्क बीमा गरिदिएका छौं । यसबाट प्रत्येक घर परिवारले १ लाखसम्मको स्वास्थ्य सेवा निःशुल्क रुपमा लिइरहेका छन् । 

IMG_95971686128139.jpg

पकेट क्षेत्र तोकका छौं, बजारीकरण प्राथमिकतामा छ  
नगरपालिकाका कुन ठाउँमा के को उत्पादन बढी हुन्छ भन्ने अध्यन गरेर पकेट क्षेत्र तोकेका छौं । हावापानी सुहाउदो खेती प्रणाली अपनाएका छौं । यसले कृषकको उत्पादनलाई बढाउने छ भने लगानीका लागि पनि सहज भएको छ । उत्पादन गरेर मात्र भएन त्यसको बजारीकरण पनि मुख्य कुरा हो । कृषकले उत्पादन गरेका उपजहरु सजिलै बजारसम्म पुग्ने र मुल्य पाउने अवस्थाको ग्यारेन्टी गर्दै छौं । यदी कृषकले फाइदामा बेच्ने अवस्था भयो भने आँफैले बिक्रि गर्ने र घाटा हुने अवस्था भएमा नगर सरकारले हेर्ने गरी व्यवस्था गरिएको छ । यसले कृषकको उत्पादन खेर जाने र कृषकले घाटा व्यहोर्ने अवस्थाको अन्त्य हुने छ ।  

जनजीविका बदल्ने मुख्य अभिभारा 
व्यवस्था बदिलिएको छ । अव पालो अवस्थाको हो । जनता पनि यही चाहेका छन् । जनताले हामीलाई वा भनौं यो व्यवस्थालाई जति गाली गरेका छन् त्यो अवस्था बदलियोस भनेर नै हो । जनताले व्यवस्था त बदल्यौ अव अवस्था बदल्ने के योजना छ तिमीहरुसंग भनेर प्रश्न गरिरहेका छन् । हामी जनताको जीवनस्तर बदल्ने अभिभाराका साथ काममा छौं । उत्पादन बढाउने, बजारीकरणमा ध्यान दिने, साना तथा मझौला उद्योगहरु खोलेर स्वरोजगारी सृजना गर्नुको विकल्प छैन् । हाम्रो क्षमताले भ्याएसम्म यि योजनामा हाम्रो ध्यान गएको छ । वेरोजगार युवाहरुलाई क्षमता विकास गर्ने, महिला, एकल महिला, दलित, उपेक्षित, उत्पीडित तथा सिमान्तकृत समुदायको क्षमता अभिवृद्धि गर्ने, उनिहरुलाई मुल प्रवाहमा ल्याउने गरी योजनाहरु तर्जुमा गरिरहेका छौं । चेतनाको स्तर उठाउने योजना पनि प्राथमिकताका साथ अघि बढेको छ । स्थानीय सरकारले जनताको जीवनस्तर मजाले बदल्न सक्छन तर बजेटको खाँचो छ । यो एक वर्षमा जनजीविका बदल्ने कार्यक्रम बनाउने नसक्ने हो भने स्थानीय सरकार असफल हुन्छन भन्ने कुरा मजाले महशुस भएको छ । 

उत्पीडित वर्गको सरकार 
सरकारले सबै नगरवासीलाई समान नजरले हेरेको छ । तर उत्पीडित वर्गलाई प्राथमिकता दिएका छौं । पछाडि पारिएकाको स्तर कसरी उठाउने भनेर मुख्य रुपमा घोत्लिएका छौं । वादी, कुमाल लगायतका एकदमै पछि परेका जातीका लागि विशेष सहुलियतका कार्यक्रमहरु बनाएका छौं । म आँफै पनि वादी समुदायबाट प्रतिनिधित्व गर्छु । म सरकारमा हुँदा आम उत्पीडित वर्गले बढी नै आश गर्नुभएको छ । उहाँहरुलाई निराश नपार्ने गरी काम गरिरहेको छ । किन भन्दा अन्यलाई भन्दा मलाई यि समुदायको समस्या राम्ररी थाहा छ । उनीहरुको क्षमता विकास देखि सेवा सुविधामा सहुलियत दिनेसम्मका कार्यक्रमहरु अगाडी सारेका छौं । समग्रमा हेर्नुभयो भने चौरजहारी उत्पीडित वर्गको सरकाका रुपमा स्थापित हुँदै छ । 

puspa badi1686128161.jpg

अवको बाटो सामाजिक रुपान्तरणको 
थुप्रै परिवर्तन भएका छन् । भौतिक पूर्वाधारमा ठूलो प्रगति भएको छ । अव एकाध बाहेक सडक खन्नुपर्ने अवस्था छैन् । सडक स्तरोन्नतिका लागि भने काम गर्नुपर्ने छ । विद्यालय भवनहरु बनेका छन् । केही ठाउँमा जरुरी छ । आधारभूत रुपमा पूर्वाधार निर्माणको काम लगभग सकिएको छ । तिनको दीगो व्यवस्थापनको काम जरुरी छ । अव सामाजिक रुपान्तरण हुन आवश्यक छ । जनताले आफ्ना भएको विकासको अपनत्व गरिरहेका छैनन् । जनतालाई बुझाउन जरुरी छ । यसका लागि चेतना बृद्धिको आवश्यकता देखिन्छ । मानवसंशाधन विकासका लागि अव हाम्रो ध्यान गएको छ । जनताको चेतना बृद्धि नहुँदासम्म जतिसुकै भौतिक संरचना निर्माण भएपनि काम नहुने भएकोले अव सामाजिक रुपान्तरणको अभियानलाई अघि बढाउनुपर्ने छ । हाम्रा कला, संस्कृति, पुराना सम्पदा जोगाउनका लागि यो कार्यक्रम आवश्यक छ । जातीय छुवाछुत लगायतका विभेदलाई अन्त्य गर्ने, सामाजिक सदभाव कायम गर्ने, श्रमदानलाई बढाउने, विकासलाई अपनत्व गर्ने खालका कार्यक्रम तर्फ हाम्रो ध्यान गएको छ । आगामी वर्षका लागि बजेट र नीति कार्यक्रममा यस्ता कुरालाई प्राथमिकता दिदैं छौं । शिक्षालाई पनि उत्तिकै महत्व दिँदै छौं । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीसंगको कुराकानीमा आधारित । 
 


प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १३:३७
कृषि कृषि
#जनप्रतिनिधिका १ वर्ष #चाैरजहारी नगरपालिका #पुष्प वादी #जनप्रतिनिधिका एक वर्ष
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्