Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफीकोटमा गन्तन्त्र दिवसमा वक्तृत्वकला र हाजिरजवाफ प्रतियोगिता 
प्रतियोगितामा विजेता विद्यार्थी

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका ४ को वीरेन्द्र माध्यामिक विद्यालयमा स्थापना गरिएको आमा बाबु प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषले १७ औं गनतन्त्र दिवसको अवसरमा वतृत्वकला र हाजिरजवाफ प्रतियोगिता गरेको छ । गनतन्त्र दिवसको अवसरमा पालिका स्तरिय मावि तह वतृत्वकला र आधारभुत तह हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको हो । वतृृत्वकला प्रतियोगिताको लागि पालिकाभर रहेका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ९ र १० का विद्यार्थीले सहभागिता जनाएको थिए  । भने हाजिरजवाफ प्रतियोगितामा आधारभुत तह कक्षा ६ देखि कक्षा ८ सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाएको आमा बाबु प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

 उहाँका अनुसार हाजिरजवाफ प्रतियोगितामा स्यार्पू ताल मावि प्रथम,नेपाल राष्ट्रिय मावि ढारबाङ दोस्रो, वीरेन्द्र माध्यामिक विद्यालय तेस्रो,एकता आवि ठाटी झुला सान्तवना भएका छन् । प्रथम स्थान प्राप्त गर्ने विद्यालयले नगद ६ हजार, दोस्रो स्थान प्राप्त गर्ने विद्यालयले नगद ४ हजार ५ सय, तेस्रो स्थान प्राप्त गर्ने विद्यालयले नगद ३ हजार र सान्तवना स्थान प्राप्त गर्ने विद्यालयलाई २ हजार रुपैयाँ प्रदान गरिउको छ ।

त्यस्तै वतृत्वकला प्रतियोगितामा बालकल्याण मावि सिमतारु माविमा अध्यनरत दिपा बढाथोकी प्रथम, विरेन्द्र माविमा अध्यनरत एलिना धिताल दोस्रो, भानु मावि गाराबाङमा अध्यनरत छात्र दिपक शर्मा तेस्रो  र स्यार्पूताल मावि दहमा अध्यनरत छात्रा मेनुका मल्ल सान्तवना हुनुभएको छ । वतृत्वकला प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई नगद ५ हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई नगद ४ हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई नगद ३ हजार र सान्तवना स्थान प्राप्त गर्नेलाई २  हजार रुपैयाँ प्रदान गरिएको अक्षयकोषका अध्यक्ष केसीले जानकारी दिनुभयो । 

अक्षकोषको रकमबाट गत शुक्रबार पनि पालिकाभरबाट विभिन्न विद्यालयमा अध्यनरत  विपन्न, जेहेन्दार तथा सहिद परिवारका १ सय १५ जना विद्यार्थी छनोट गरेर शैक्षिक सामग्री वितरण  गरिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update