रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । ४ नम्बर वडा स्थित वीरेन्द्र माध्यामिक विद्यालयको प्राङ्गणमा सिल्ड सुरु भएको हो । शुक्रबार शिल्डको प्रमुख अतिथि पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय विपत परिषदका विज्ञ सदस्य गंगालाल तुलाधरले उद्घाटन गर्नुभएको हो । शिल्डमा पालिका भित्रका १० वटा सामुदायिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत वीरेन्द्र प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
शिल्ड मंसिर २४ गतेसम्म सञ्चालन हुनेछ । शिल्डमा छात्र, छात्रा भलिवल, छात्र, छात्रा, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट प्रतियोगिता सञ्चालन हुनेछन् । त्यस्तै दौड तर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटरको छात्र, छात्र दौड प्रतियोगिता हुने छन ।
बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्वशिक्षा मन्त्री तथा राष्ट्रिय विपत परिषदका विज्ञ सदस्य तुलाधरको प्रमुख आतिथ्यता तथा बाँफिकोट बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, निमित्त प्रमुख प्रशासकीय ज्ञानबहादुर केसीको विशेष आतिथ्यता रहेको थियो। यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु विभिन्न विद्यालय प्रधानध्यापकहरु लगायतको पनि उपस्थिति रहेको थियो ।





-1759842583.jpg)