Kakhara सबैको खबर सम्पूर्ण खबर
सम्पर्कमा आए बाँफिकाेटका इन्जिनियर, सुरक्षाको माग

कार्यालयको सम्पर्कमा नरहेका रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिकाका इन्जिनियर सम्पर्कमा आएका छन् । इन्जिनियर जितेन्द्रप्रसाद यादव असार २४ गते मङ्गलवार देखि गाउँ कार्यपालिकाबाट सम्पर्क विहीन भएकाे भन्दै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो ।

इन्जिनियर सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो । `उहाँ सम्पर्कमा आउनुभएको छ, अब कार्यालयमा पठाउने तयारी भइरहेको छ, उहाँले भन्नुभयो ।´ इन्जिनियर यादवले सुरक्षाको माग गरेको उहाँले बताउनुभयो ।

भुक्तानीको मुख्य समयमा इन्जिनियर फरार भएपछि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई गुहारेको थियो । गाउँपालिका अध्यक्ष जनककुमार बाँठा र निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखक खड्काले प्रशासनलाई पत्र लेख्दै सहयोग गर्न तथा सम्पर्कमा नआए विभागीय कारबाही अगाडि बढाउन माग गर्दै प्रशासनलाई पत्र लेख्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update