सफाई सुरु
बाँफिकोट गाउँपालिकाद्धारा ग्रामीण सडकको सफाई सुरु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले ग्रामीण सडक सफाई गर्न सुरु गरेको छ । वर्षातको समयमा अवरुद्ध तथा खाल्डाखुल्डी परेका ग्रामीण सडक सफाई सुरु गरेको हो । वर्षाकम भए सँगै दशै, तिहार चाडपर्वलाई लक्षित गरी पालिकाले सडक सफाई गर्न थालेकोको हो । पालिकाले डोजर भाडामा लिएर १० वटै वडाका ग्रामीण सडक सफाई गरिरहेकोे जनाएको छ ।
दशैअघि नै सबै वडाका ग्रामीण सडक सफाई गरिसक्ने गरी काम भइरहेको बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगरले जानकारी दिनुभयो । वर्षा सुरु भए देखि पालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका थिए भने सञ्चालनमा रहेका सडकमा पनि जोखिम मोलेर यात्रा गर्नुपर्ने यात्रु तथा गाडी चालकहरुलाई बाध्यता रहेको थियो । सडक सफाइ भएसँगै यात्रा गर्न सहज हुने छ ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२ ११:१६
प्रतिक्रिया दिनुहोस्