रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका स्तरीय ७ सातौँ राष्ट्रपति रनिङ शिल्ड १० नम्बर वडामा रहेको महेन्द्र मावि तकले जितेको छ । सात वटा माविलाई पछि पार्दै महेन्द्र माविले शिल्ड जितेको हो । उसले १२ स्वर्ण ६ रजत र पाँच कास्य सहित कुल २३ पदक प्राप्त गरेको छ । त्यस्तै ५ नम्बर वडामा रहेको देउराली मावि हुकाम ११ स्वर्ण दश रजत पाँच कास्य सहित कुल २६ पदक ल्याएर दोस्रो भएको गाउँपालिका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्ककाले जानकारी दिनुभयो ।
उहाँका अनुसार १ नम्बर वडामा रहेको पुथा हिमालय मावि मैकोट तेस्रो भएको छ । मावि मैकोटले पाँच स्वर्ण चार रजत र ११ कास्य सहित २० पदक प्राप्त गरेको थियो । १२ नम्बर वडामा रहेको पर्वत मावि कोल एक स्वर्ण, दुई रजत र ६ कास्य सहित सान्त्वना भएको छ । शिल्डमा विभिन्न वडाका आठ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए । देउराली मावि हुकामको खेल मैदानमा मंसिर १८ गते देखि सञ्चालन भएको शिल्ड मंगलबार सम्पन्न भएको हो ।
शिल्डमा छात्र छात्रा सटफुट, ज्याभलिङ थ्रो, त्रिपलजम्प, हाइजम्प, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ मिटर र ३ हजार मिटर दौड तथा विभिन्न दुरिको रिले दौड, छात्र छात्रा कबड्डी, भलिबल प्रतियोगिता लगायतका विद्यामा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।



-1765202239.jpeg)

-1759842583.jpg)