रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेको हाम्रो सरोकारले यस वर्ष पापिनी मेलामा संस्थाको संलग्नता नरहेको बारेमा स्पष्टीकरण दिएको छ । संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै यो वर्षको मेला किन समिति विहीन भयो भन्ने गुनासो विभिन्न ठाउँबाट आएको भन्दै स्पष्टीकरण दिएको हो ।
२०८० देखि हाम्रो सरोकारले मेलाको व्यवस्थापन गर्दै आइरहेको थियो । तर यो वर्ष भने हाम्रो सरोकार मेला व्यवस्थापनमा देखिएन । गाउँका युवाहरूले यो वर्षको मेला व्यवस्थापन गर्छौँ भनेपछि सोही अनुसार संस्था यो वर्ष मेला व्यवस्थापनबाट पछि हटेको हाम्रो सरोकारले स्पष्ट पारेको छ ।
‘हामीले मेलालाई भव्य र व्यवस्थित बनाउँदै लगेका थियौँ, यसलाई पर्यटन प्रवर्द्धनसँग जोडेर अगाडी लैजाने र पर्यटकलाई भित्र्याउने साथै खेल पर्यटनलाई विकास गर्ने लक्ष छ, तर यस वर्ष गाउँका युवाहरूले हामीले मेला व्यवस्थापन गर्छौँ भनेपछि हामी पछि हटेका हौँ, हाम्रो सरोकारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।’
वैदेशिक रोजगारीमा रहेका युवाहरूको सामूहिक लगानीलाई निरन्तरता दिने तर स्थानीय खेलाडी उत्पादनका लागि खेल प्रशिक्षण र प्रतियोगिता, पर्यटन केन्द्रित मेला लगायतका कार्यहरूलाई हाललाई यही थाती राख्दै फेरी निरन्तरता दिने वाचाका साथ तँछाडमछाडको अवस्था सृजना नगरी उक्त मेला व्यवस्थापन समिति लाई राम्रो र भव्य गर्ने सुझाव सहित सकेको सहयोग गर्ने संस्थाले निर्णय गर्दै मेला व्यवस्थापनको जिम्मा दिइएको विज्ञप्तिमा उल्लेख छ ।
यो सँगै संस्थाले हालसम्म गरेका र भावी योजनाका बारेमा स्मरण गराएको छ । हाम्रो सरोकार सँग आबद्ध टिम अधिकांश वैदेशिक रोजगारीमा रहेका र पर्यटन सँग विज्ञता प्राप्त रहेका हुनाले पर्यटन केन्द्रित गर्ने गरी मेलालाई महोत्सवको रूप दिने, होमस्टे सञ्चालन गर्न स्थानीयलाई प्रेरणा दिनुका साथै आवश्यक सहयोग गर्ने र बाह्य पर्यटक भित्र्याउने आवश्यक समन्वय गर्ने लक्ष राखिएको छ ।
२०८१ को मेलाको आम्दानीलाई प्रयोग गर्दै नेपालकै पृथक् पापिनी नाटकीय विवाह उत्सवलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि व्यवस्थित संरचना निर्माण गर्ने, २०८१ बाट सुरु भएको “यसपालिको माघ, घुमौँ रुकुम साँख’ भन्ने नारालाई बृहत् गर्दै मेला अवधिलाई माघ महिना भरि सञ्चालन गरी धेरै पर्यटक भित्र्याउने र स्थानीयलाई अत्यधिक आम्दानी गर्ने अवसर प्रदान गर्ने समेत लक्ष रहेको संस्थाले उल्लेख गरेको छ ।
त्यस्तै २०८१ को पापिनी देखि सुरु गरिएको “पापिनी कप” भलिबल प्रतियोगितालाई निरन्तरता दिँदै प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गर्ने र ५ वर्ष भित्र उक्त कपलाई गण्डकी प्रदेशमा सञ्चालित “टाइगर कप” स्तरमा विकास गरी राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू भित्र्याउँदै खेल पर्यटनको विकास गर्ने समेत लक्ष रहेको र यसमा संस्था अडिग रहेको हाम्रो सरोकारले स्पष्ट पारेको छ ।
मेलाको अवसरमा विविध सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगिता सहित मिनिमहाेत्सव सरह भव्य रूपमा समापन गर्नुका साथै मेलाबाट भएको आम्दानी तथा हाम्रो सरोकारको आर्थिक सङ्कलन अभियानबाट मुसिकोट नगरपालिका ७ मा अवस्थित अस्थायी प्रहरी चौकीलाई स्थायी रूप दिनका लागि आवश्यक पर्ने जग्गा खरिद खरिद समेत गरिसकिएको छ ।
संस्थाका अध्यक्ष रिजन पाण्डे र महासचिव प्रकाश विकले प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी गराउनुभएको हो ।





-1759842583.jpg)