Top Navigation
शनिबार, माघ २१, २०७९ ११:२३:४५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:२३:४५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित)
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित)
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, असार १५, २०७८
माया बेकरी माया बेकरी
नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष घर्ती ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाले सबै विषयत क्षेत्रलाई प्राथमिकतामा राखेको छ । गाउँ सभामा सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगरले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विषयगत क्षेत्रलाई प्राथमिकतामा राखिएको हो । विकास, निर्माण, समृद्धि र जनताको सुखको लागि हरेक क्षेत्रको महत्व उस्तै भएको भन्दै आर्थिक वर्ष २०७८/०७९ का लागि विभिन्न १३ वटा विषयत क्षेत्रमा केन्द्रीत रहेर नीति तथा कार्यक्रम तय गरिएको छ ।

सामाजिक विकास क्षेत्र, आर्थिक विकास क्षेत्र, पूर्वाधार विकास क्षेत्र, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र, अनुगमन, मूल्यांकन तथा निरीक्षण र न्याय कानून सम्बन्धीका क्षेत्रलाई प्राथमिकता निर्धारण गरी नीति तथा कार्यक्रम पारी गरिएको छ । नीति तथा कार्यक्रममा सार्वजनिक सेवा तथा सुशासन, जनप्रतिनिधि तथा कर्मचारी आचारसंहिता, योजना तर्जुमा, कार्यान्वयन तथा लेखा प्रणाली, संघ–संस्था समन्वय तथा परिचालन, बजेट कार्यान्वयन, राजश्व प्रशासन तथा परिचालन, सामाजिक–सांस्कृतिक रुपान्तरण तथा सभ्यताको विकासलाई पनि आवश्यक्ता र महत्वको आधारमा प्राथमिकिकरण गरिएको छ । 

सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, रोजगार, बहु क्षेत्रीय पोषण, खानेपानी तथा सरसफाइ, सामाजिक साँस्कृतिक प्रबद्र्धन, खेलकुद मनोरञ्जन, लैङ्गिक समानता तथा समावेशिकरणलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम बनाइएको छ । आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि तथा पशु पालन, उद्योग तथा वाणिज्य, पर्यटन विकास, सहकारी र वित्तिय क्षेत्रलाई प्राथमिकता दिइएको छ । पूर्वाधार विकास क्षेत्र अन्तर्गत स्थानीय सडक, सडक पुल तथा झोलुङ्गे पुल, सिचाई, भवन तथा सहरी विकास, उर्जा लघु तथा साना जलविद्युत र सञ्चारको विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम पारीत गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र अन्तर्गत वन तथा भू–संरक्षण र बाह्य वातावरण निर्माणलाई मुल प्राथमिकता दिइएको छ ।

 नीति तथा कार्यक्रममा गाउँपालिकामा दुई वटा नमूना बहुप्राविधिक विद्यालय निर्माण गर्ने र कमाउँदै पढ्दैको वातावरण बनाउने, स्थानीय पाठ्यक्रम निर्माण गर्ने, द्धन्दपीडित, सहिद परिवारलाई पठन पाठनमा सघाउन छात्रावृत्ति प्रदान गर्ने उल्लेख छ । स्वास्थ्य केन्द्रसम्म सहज पहुँच, गाउँपालिकाको अस्पताललाई १५ शैय्या बनाइने, रोग नियन्त्रण गर्न उपचारात्मक, प्रबद्र्धनात्मक, निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने, अति विपन्न परीवारलाई स्वास्थ्य बीमा बनाइदिने नीति तथा कार्यक्रम पारीत गरिएको छ । विपन्न नागरिक तथा गर्भवतीलाई स्वास्थ्यसम्म निःशुल्क एम्बुलेन्स सेवा दिइने छ ।

सामुदायिक स्तरमा निर्माण हुने योजनामा गाउँपालिकाका १२ सय व्यक्तिलाई सय दिन बराबरको रोजगार प्रदान गरिने छ । प्रत्येक गर्भवती महिलाको घरमा हरियो झण्डा राखिने तथा आमालाई खाना र शिशुलाई नाना कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । खेलकुदको विकासका लागि हरेक वर्ष त्रिवेणि सहिद स्मृति कप प्रतियोगिता खेलाउने, दहवाङमा कभर्ड हल सहितको खेलमैदान र हरेक वडामा मैदान निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

मुसिकाेट नगरपालिका

जनयुद्ध तथा सहित परिवारका लागि महिनाको एक हजार भत्ता प्रदान गर्ने, त्रिवेणिमा निर्मित सडकहरुको नाम सहिदका नाममा नामाकरण गर्ने, पालिकाभित्रका जेष्ठ नागरिकलाई लक्षित गरी सरकारको नासो कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पौरखी हातलाईहरुलाई सरकारको साथ नारा दिएर दश लाखको कोष खडा गर्ने र त्यसको बृद्धि गरी ६० देखि ६९ उमेर समूहका नागरिकको नाममा लगानी गरिदिने, दुग्ध उत्पादनका लागि बैंकबाट ऋण लिने व्यवस्था मिलाइदिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाका सडक मर्मत र सफाइका लागि कोष स्थापना, न्युनतम, सडकको ५ मिटरमा घरटहर बनाउन नदिने नीति अख्तियार गरिने र भएकालाई हटाइने, जनयुद्ध, सहिदको त्याग र बलिदानबाट स्थापना भएको गाउँपालिका भएकाले चक्रपथ निर्माणलाई महत्व दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।  


 


प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १२:३०
चाैरजहारी चाैरजहारी
#नीति तथा कार्यक्रम
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्