Top Navigation
आइतबार, चैत १९, २०७९ ०१:१६:१४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, चैत १९, २०७९ ०१:१६:१४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मुसिकाेट
  • #आराेप
  • #स्वेच्छाचारी
Search Here
व्यक्ति/व्यक्तित्व
  • Home
  • व्यक्ति/व्यक्तित्व
  • रुकुम पश्चिमका रावलले खिचेको फोटो वाइल्डलाइफ फोटोग्राफीमा सर्वोत्कृष्ट
रुकुम पश्चिमका रावलले खिचेको फोटो वाइल्डलाइफ फोटोग्राफीमा सर्वोत्कृष्ट विज्ञान विषय छाडेर फोटोग्राफीमा 
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, चैत १४, २०७८

रुकुम पश्चिमका विनय रावलले खिचेको फोटो ‘नेपाल बिम्ब वाइल्डलाइफ फोटोग्राफी’मा प्रथम भएको छ । शिलापत्र अनलाइनले आयोजना गरेको नेपाल बिम्ब फोटोग्राफी अन्तरगत वाइल्डलाइफमा रावलको फोटो सर्वोत्कृष्ट भएको हो । पानीबाट टाउको निकालेर घाम ताप्दै गरेको सर्पको फोटोले सर्वोत्कृष्ट हुँदै नगद ५० हजार पुरस्कार जितेको छ । यो फोटो रावलले गत वर्षको लकडाउनको बेलामा खिच्नुभएको थियो । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ सल्लेको मुलखोलामा खिचिएको यो फोटो हाल आएर नेपाल बिम्बमा सर्वोत्कृष्ट भएको हो ।

सर्वाेत्कृष्ट भएकाे फाेटाे ।

साथीभाइ संग नुहाउन गएका रावलले पानीमा सर्प देखेपछि फोटो खिचेको बताउनुभयो । ‘साथीभाइसंग नुहाउन गएको थिएँ, पानीमा पौडिरहेको सर्प देखेँ, उहाँ उक्त समय सम्झिनुहुन्छ, त्यसपछि नजिकै रहेको घरमा गएर क्यामेर लिएर फोटो खिच्न भ्याएँ ।’ रावल र उनका साथीहरु मिलेर उक्त सर्पलाई उद्धार गरेर जंगलमा छाडेका समेत थिए । पछि उक्त सर्पका बारेमा बुझ्दै जाँदा पहाडी भेगमा मात्र पाइने हिमालयन केलब्याक जातको सर्प भएको जानकारी रावलले प्राप्त गर्नुभएको थियो । 

पुरस्कार ग्रहण गर्दै रावल ।

बिज्ञान विषय छाडेर फोटोग्राफीमा 
रावल २३ वर्षको हुनुभयो । उहाँ मुसीकोट नगरपालिका १ सल्लेका वासिन्दा हुनुहुन्छ । एसएलसीसम्मको पढाई रुकुममै सकाएपछि उच्च शिक्षा हाँसिल गर्न काठमाडौं हानिएका रावलको रोजाइमा पर्यो बिज्ञान विषय । पढाईमा अब्बल रावलले बिज्ञान विषयमा स्नातक गर्नुभयोे । त्यसपछि भने पढाइमा उहाँको रुचि घट्यो । एकाएक फोटोग्राफीमा चासो देखिन थाल्यो । डिल्लीबजारको एक इन्स्टिच्युटमा १ महिनाको फोटोग्राफी क्लास लिएपछि रावलले आफैंले क्यामेरा किन्नुभयो । त्यसपछि रावलको साथी क्यामेरा बन्यो । उठ्दा, बस्दा, घुम्दा साथमा क्यामेरा हुनथाल्यो । नयाँ नयाँ ठाउँ जाँदा होस वा साथी भाइसंग भेट हुँदा क्यामेरा निकालेर फोटो खिचिहाल्ने वाणि लाग्यो रावललाई । आफुले खिचेको फोटोको साथी भाइले तारिफ गर्न छालेपछि रावलको मनोबल झन् बढ्यो । अझ राम्रो गर्ने हुटुहुटीले पछ्यायो । पढाइतिर भने मन मर्दै गयो । मनलाई पछ्याएर हिडेका रावलले पढाईलाई रोकेर फोटोग्राफीमा केन्द्रित हुने निर्णय गर्नुभयो । फोटो खिच्दै जाँदा रावललाई फोटोग्राफीमा विभिन्न विधा हुने थाहा भयो ।

त्यसपछि सुरु भयो रावलको वाइल्डलाइफ फोटोग्राफी । प्रकृतिसंग औधि माया भएकोले वाइल्डलाइफ अर्थात वन्यजन्तुप्रति आफ्नो ध्यान गएको उहाँ बताउनुहुन्छ । अहिले रावलको दैनिकी वन्यजन्तुलाई पछ्याउनु हो । अनि उनिहरुको गतिविधि नियाल्ने र त्यसलाई क्यामेरामा कैद गर्ने । चितवन जिल्लालाई कर्मथलो बनाएका रावलको धेरै समय चितवन राष्ट्रिय निकुञ्जमै वितिरहेको छ । निकुञ्जका लगभग धेरै भागमा उहाँले पाइला टेकिसक्नुभएको छ । यो विचमा कयौं वन्यजस्तुको गतविधि क्यामेरामा कैद गर्न सफल भएको उहाँको भनाई छ । आफ्नो जीवन नै फोटो रहेको रावल बताउनुहुन्छ । फोटो खिच्न पाउँदा रावललाई छुट्टै खुशि मिल्छ । ‘पढाईलाई मात्र निरन्तरता दिएको भए कतैतिर सेटल भइपनि हाल्थे होला, उहाँ भन्नुहुन्छ तर थाहा छैन् यति धेरै सन्तुष्टि भने मिल्थ्यो मिल्थेन् ।’ 

चितवन राष्ट्रिय निकञ्जमा रावल ।

७, ८ वर्ष देखि रावलको जीवन क्यामेरासंगै वितेको छ । प्यासनबाट सुरु भएको फोटोग्राफी विस्तारै व्यवशायिक बन्दै गएको छ । वाइल्डलाइफ संगै रावलले फोटोग्राफीको अर्को विधा ‘प्रोटेट’ अर्थात मान्छेका चाल चलन, रितिरिवाज, तथा विभिन्न उत्सवको फोटो पनि खिच्नुहुन्छ । यसबाट राम्रै कमाई पनि हुने गरेको छ । विवाह, ब्रतबन्ध, पार्टी, जन्मदिन लगायतका उत्सवमा रावलको माग राम्रो छ । फोटो संगै भिडियोबाट जिविका चलिरहेको उहाँले सुनाउनुभयो । वाइल्डलाईफबाट भने खासै पैसा कमाउन सुरु भइनसकेको रावलको भनाई छ । रावल अहिले अन्य फोटो खिचेर कमाएको पैसा वन्यजन्तुको फोटोमा खर्च गरिरहनुभएको छ । अहिले रावलसंग करिब १० लाखका क्यामेरा छन् । रावल सोनीको अल्फा सेभेन ट्रिपल आई क्यामेरा प्रयोग गर्नुहुन्छ । 


प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
थप व्यक्ति/व्यक्तित्व
त्रिवेणीमा पनि मत गणना थालियो
त्रिवेणीमा पनि मत गणना थालियो शनिबार, वैशाख ३१, २०७९
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान 
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान  शुक्रबार, वैशाख ३०, २०७९
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट  
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट   शुक्रबार, असार २५, २०७८
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ?
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ? मंगलबार, असार २२, २०७८
बाँफिकोट गाउँपालिकाको बजेट पास 
बाँफिकोट गाउँपालिकाको बजेट पास  आइतबार, असार २०, २०७८
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड  
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड   मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित)
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ)
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै 
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै  मंगलबार, असार १५, २०७८
लोकप्रिय
  • Week
  • Month
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्