रुकुम पूर्व को सिस्ने गाउँपालिका वडा नम्बर ८ मा विपद् व्यवस्थापन समिति गठन गरेको छ । आज वडा कार्यालय धपेमा भएको उपभोक्ताहरुको भेलाबाट समिति गठन गरेको हो । विपदको समयमा आइपर्ने समस्याहरुलाई व्यवस्थापन गर्नको लागि समिति गठन गरिएको छ । वडा अध्यक्ष गोपाल पुनको संयोजकत्वमा विषयगत शाखाका प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र चार वटा विद्यालय प्रधानध्यापक लगायत सर्वसाधारण गरी १९ जनाको समिति गठन गरेको छ ।
वडामा त्यस्तो कुनै ठुलो जनधनको क्षति हुने गरी घटना घट्यो भने नागरिकलाई सुरक्षित क्षेत्र मा राख्नको लागि उक्त समितिले चार वटा खुल्ला ठाउँ घोषणा गरेको छ । लम्पाकोट बस्ती को लागि बाउबाङ, झिमखोला बस्तीको लागि झिमखोला खेल मैदान, स्यालापाखा बस्ती को लागि स्वाँरा तथा भुरूङ्गा बस्ती को लागि सहिद स्मृति भवन फिल्ड खुल्ला ठाउँ तोकिएको हो। त्यस्तै समितिले जिम्मेवारी बाँडफाँड पनि गरेको छ ।
खोज उद्दार तथा सुरक्षाको लागि अस्थायी प्रहरी पोष्ट धपेलाई र विपतको समयमा प्राथमिकता उपचार तथा विपतको समयमा फैलिन सक्ने महामारीलाई रोकथामका लागि धपे स्वास्थ्य चौकीलाई जिम्मा दिइएको छ । जिल्ला विपत व्यवस्थापन समिति सँग समन्वय गरी पीडितलाई गाँस बासको व्यवस्था गर्न वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, बुद्धिजीवी तथा समाजका अगुवाहरुलाई जिम्मा दिइएको वडा अध्यक्ष गोपाल पुनले जानकारी दिनु भयो ।
वडा अध्यक्ष पुनको अध्यक्षतामा रहेको भेलामा स्वास्थ्य चौकी धपेका ईन्चार्ज हरिबहादुर केसी, अस्थायी प्रहरी पोष्ट धपेका ईन्चार्ज बिर बहादुर बुढा वडाका जनप्रतिनिधि विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक लगायतको उपस्थिति रहेको थियो । उक्त समितिको सूचना अधिकारी वडा सदस्य डम्मर बुढालाई तोकेको छ ।



-1765202239.jpeg)

-1759842583.jpg)