Top Navigation
शनिबार, माघ २१, २०७९ ११:५२:३२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:५२:३४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • जनप्रतिनिधिको लडाइँले अनिर्णयको बन्दी मुसिकोट
जनप्रतिनिधिको लडाइँले अनिर्णयको बन्दी मुसिकोट एकलौटी गरेको बहुमत कार्यपालिका सदस्यको दाबी । सबैसंग समन्वयबाटै अघि बढिरहेकाे नगरकार्यपालिका प्रवक्ताको भनाई ।
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, भदौ १५, २०७९
माया बेकरी माया बेकरी

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका उप–प्रमुख सहित बहुमत कार्यपालिका सदस्यहरुले नगरले आयोजना गर्ने कार्यक्रम बहिष्कार गरेका छन् । नगरपालिकाबाट हुने कार्यक्रममा नगर प्रमुखले आफुहरुसंग समन्वय नगरेको, कार्यपालिकाको किर्ते निर्णय गरेको, आवश्यकता भन्दा बढी कर्मचारीलाई सरुवा अनुमति दिएको लगायतका आरोप उनिहरुले लगाएका छन् । नगर प्रमुख महेन्द्र केसीले आफुहरुसंग समन्वय नै नगरेर महत्वपूर्ण कार्यक्रम र निर्णय गर्न थालेपछि आफुहरुसंग समन्वय नगरेर आयोजना गरिने कार्यक्रम बहिष्कार गरेको नगर उप–प्रमुख विमलकुमार पुनले बताउनुभयो । धेरै कार्यक्रमहरु आफुहरुले हुँदै छन् भन्ने पछि मात्र सूचना पाउने गरेको उहाँले बताउनुभयो ।

कार्यक्रम गर्ने निर्णय भइसकेपछि आफुहरुलाई उपस्थितिका लागि मात्र जानकारी आउने गरेको भन्दै उहाँले कार्यक्रम संचालन पूर्व नै छलफल नगरी तय गरिएका कुनैपनि कार्यक्रममा सहभागि नहुने बताउनुभयो । भाद्र ७ र ८ गते आयोजित विपत् व्यवस्थापन सम्बन्धी कार्यक्रममा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिमात्र सहभागि भएका थिए । त्यस्तै तिजको दर खाने कार्यक्रममा समेत उप–प्रमुख सहित नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु सहभागि भएनन् । हाल तत्काललाई नगरपालिकाले आयोजना गर्ने कार्यक्रममा सहभागि नहुने नेकपा एस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको अडान छ । 

नगर प्रमुखले एकलौटी गर्न खोज्दा समस्याः माओवादी जनप्रनिधि
नगर प्रमुखले एकलौटी रुपमा दीर्घकालिन असर गर्ने खालका निर्णयहरु समेत गर्दै जानाले समस्या भएको माओवादीबाट निर्वाचित जनप्रतिनिधिको भनाई छ । प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा नगरकार्यपालिकाको किर्ते निर्णय पेश गरिएको आरोप उनिहरुको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि एउटा पनि कार्यपालिका बैठक बस्न सकेको छैन् । दरबन्दी भन्दा बढी कर्मचारीलाई सरुवा अनुमति दिएको, डोजर दररेट बिना कुनै छलफल २२ सयबाट ४२ सय पुर्याइएको, करार अवधि सकिएका कर्मचारीसंग थप सम्झौता नगरेको, रोजगार सहायक र सूचना प्रविधि अधिकृतको आवेदन लिएको लामो समयसम्म सर्टलिष्ट समेत गर्न नसकेको लगायतका आरोप माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको छ ।

यसअघि नै फुलफिल इन्जिनियर छैटौंमा थप एक जनालाई सरुवा अनुमति दिएको, नगरपालिकामा खरिदारको १० वटा दरबन्दी रहेकामा पहिले नै ४ जना बढी भएको अवस्थामा थप एक जनालाई अनुमति दिएको, कम्युटर सहायकमा अस्थायी दरबन्दी रहेकोमा थप एक जनालाई सोही पदमा अनुमति दिएको उनिहरुको आरोप छ । नगर प्रमुखले एकलौटी गर्न खोजेको नेकपा माओवादी केन्द्र स्थानीय तह दलका प्रमुख सचेतक भानु मल्लले बताउनुभयो । समन्वय गरेर अगाडी बढ्न नगर प्रमुखलाई बारम्बार आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको र कार्यपालिका बैठक समेत बोलाउन नसकेको उहाँले बताउनुभयो ।

कार्यपालिका बैठक बस्न नसक्दा महत्वपूर्ण कामहरु रोकिएको उहाँको भनाई छ । ‘कर्मचारीहरुको करार सम्झौता सकिएको छ, नयाँ नियुक्त गर्नुपर्ने कर्मचारी नियुक्त हुन सकिरहेका छैनन्, नगर विकासका लागि अन्य महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने छ, तर नगर प्रमुखले कार्यपालिका बैठक बोलाउनै सक्नुभएको छैन्, उहाँले भन्नुभयो ।’ तत्कालै नगर कार्यपालिका बैठक बोलाएर देखिएका असमझदारी हल गर्न उहाँले आग्रह गर्नुभयो । बहुमतको कदर हुनुपर्ने उहाँले बताउनुभयो । 

मुसिकाेट नगरपालिका

समन्वयबाटै काम भइरहेको छः नगरकार्यपालिका प्रवक्ता
नगरकार्यपालिका प्रवक्ता समिरजंग मल्ल समन्वयबाटै काम भइरहेको बताउनुहुन्छ । कार्यपालिकाका सबैसंग समन्वय र छलफल गरेर निर्णयहरु भइरहेको उहाँले बताउनुभयो । ‘केही नपुगेको होला, तर समन्वय नै नगरेको भन्ने होइन, नगर प्रमुखले सबैसंग समन्वय गरेर नै काम गर्ने गर्नुभएको छ, उहाँले भन्नुभयो ।’ प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा बाहिर भने जसरी कार्यपालिकाको कुनै निर्णय कतै पेश नगरिएको दाबी उहाँले गर्नुभयो । ‘मन्त्रालयले चिठ्ठि पठाउँदा नगर कार्यपालिकाको निर्णय अनुसार भनेको हुँदा नगर कार्यपालिकामा निर्णय नै नभएको कुरा कसरी आयो भनेर केही साथीहरुले कुरा उठाउनुभएको छ, उहाँले भन्नुभयो–यस बारेमा नगर कार्यपालिकामा निर्णय नभएको सही हो र निर्णय भएको भनेर मन्त्रालयमा पेश पनि गरिएको होईन्, सायद मन्त्रालयले चिठ्ठि आफ्नो फम्र्याट अनुसार तयार पार्यो होला ।’

डोजरको दररेटका विषयमा पनि कुनै निर्णय नभएको उहाँको भनाई छ । कार्यपालिकाले बर्खामा नगर भित्रका कुनैपनि बाटो अवरुद्ध हुन नदिने निर्णय गरेको र सोही अनुसार आह्वान भएको टेण्डर अनुसार सबैभन्दा कम मुल्यमा कोटेसन हाल्नेलाई ठेक्का परेको उहाँले स्पस्ट पार्नुभयो । त्यस्तै दरबन्दी भन्दा बढी र यसअघि नै फुलफिल दरबन्दीमा पनि थप कर्मचारी सरुवा अनुमति दिएको भन्ने कुरा पनि सत्य नभएको उहाँले बताउनुभयो । खाली भएका ठाउँमै सरुवा स्विकृति दिएको उहाँको दाबी छ । कार्यपालिका बैठक पनि आवश्यकताका आधारमा बस्दै आएको उहाँले बताउनुभयो । आवश्यकता ठानेको खण्डमा कार्यपालिका बैठक बस्दै आएको र अवका दिनमा पनि सोही अनुसार हुने उहाँ बताउनुहुन्छ । कसैलाई पेलेर वा समन्वय नगरेर गएको भन्ने कुरामा सत्यता नभएको उहाँले प्रस्ट्याउनुभयो । 

मुसिकोट नगरपालिकामा प्रमुख सहित ६ वटा वडा नेपाली कांग्रेसले जितेको छ । उप–प्रमुख सहित एक नगरकार्यपालिका सदस्य नेकपा एकीकृत समाजवादीबाट छन् । ८ वडामा माओवादीले जितेको छ । कार्यपालिकामा माओवादीका १५ जना छन् । समाजवादीका २ जना र बाँकी ७ जना मात्र कांग्रेसबाट छन् । नगरमा माओवादी र समाजवादीको गठबन्धन हो । त्यसकारण कार्यपालिकामा माओवादी र समाजवादीको स्पस्ट बहुमत छ । नगरमा बहुमत र अल्मतको रस्साकसी सुरुबाटै देखिएको छ । जसको असर नगरको समग्र विकासमा देखिने नगरवासी र सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका छन् । अहिले नगरपालिका जनप्रतिनिधिको लडाइका कारण अनिर्णयको भुमरीमा फसेको छ । यही लडाइकै कारण महत्वपूर्ण निर्णयहरु हुन सकेका छैनन् ।   
 


प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १६:३४
चाैरजहारी चाैरजहारी
#मुसिकाेट #जनप्रतिनिधिकाे लडाइँ
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्